रहिनन् कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा


प्रकाशित मिति : चैत्र २०, २०७४ मंगलबार

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ। श्रेष्ठकी पत्नी यशोदा सुबेदी श्रेष्ठको गए राति १०:४५ मा निधन भएको कलाकार किरण केसीले सेतोपाटीलाई जानकारी दिए।

क्यान्सरबाट पीडित सुवेदीको ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा गएराति निधन भएको हो। ६७ वर्षीय सुवेदी आन्द्रा र फोक्सोको क्यानसरबाट पीडित थिइन्। श्रेष्ठ दम्पतीका यमन र सरहना गरी एक छोरा र  छोरी  छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com