गर्भवती महिलालाई अध्यागमन जेलमा नराख्ने नीतिको अन्त्य


प्रकाशित मिति : चैत्र १६, २०७४ शुक्रबार

ट्रम्प प्रशासनले गर्भवती महिलाहरुलाई अध्यागमन जेलमा नराख्ने नीतिको अन्त्य गरिदिएको सार्वजनिक रुपमा नै घोषणा गरेको छ । यस अगाडि अध्यागमन जेलमा रहेका गर्भवती महिलाहरुलाई छाड्ने गरिएकोमा अब भने त्यो नीतिको अन्त्य गरेर हरेक केस अनुशार प्रकृया चाल्ने आइसले स्पष्ट पारेको छ ।

बिहिबार सार्वजनिक आइसको नयाँ निर्देशिका अब अनुशार गर्भवती महिलालाई अध्यागमन जेलबाट रिहा गर्ने वा नगर्ने विषय हरेक केस अनुशार हुने जनाइएको छ । सन् २०१६ मा आइसले ५ सय भन्दा धेरै महिलाहरुलाई गर्भवती भएकै कारण अध्यागमन जेलबाट रिहा गरेको थियो ।

सन् २०१६ को अगस्तमा जारी एउटा मेमोमा गर्भवती महिलाहरुलाई आइसले सामान्यतया अध्यागमन जेलमा नराख्ने उल्लेख गरिएको थियो । यदि कसैलाई अध्यागमन जेलमा राख्नु परेमा पनि जेलमा राख्न आवश्यक भए नभएको बारेमा नियमित पुन मूल्यांकन गरिने, स्वास्थय लगायतका विषयमा उपयुक्त हेरचाह गरिने उल्लेख थियो ।

आन्तरिक रुपमा नै गर्भवतीलाई अध्यागन जेलमा नराख्ने नीतिको डिसेम्बरमा नै अन्त्य गरिएको थियो । डिसेम्बरयता नै आइसले झण्डै ५ सय ६ जना गर्भवती महिलाहरुलाई पक्राउ गरेर अध्यागमन जेलमा राखेको थियो । मार्चको २० सम्मको अवधिमा अध्यागमन जेलमा ३५ जना गर्भवती महिलाहरु रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com