डिभी लोटरीबाट झण्डै ३५ हजार नेपाली अमेरिका आएको नयाँ रिपोर्ट सार्वजनिक


प्रकाशित मिति : चैत्र १४, २०७४ बुधबार

अमेरिकाको कँग्रेसनल रिसर्च सर्भिसले हालसम्म डिभी लोटरीमार्फत अमेरिका आउने नेपालीहरुको विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुशार सन् १९९५ देखि हालसम्म झण्डै ३५ हजार नेपालीहरु डिभी लोटरीमार्फत अमेरिका आएको सार्वजनिक गरिएको छ ।

सन् १९९५ देखि आर्थिक बर्ष सन् २०१६ सम्म ३१ हजार २ सय ६७ जना नेपालीहरु डिभी लोटरीमार्फत अमेरिकामा आएको जनाइएको छ । त्यसपछि आर्थिक बर्ष सन् २०१७ मा ३ हजार ४ सय ७७ जना नेपालीहरुले डिभी लोटरीमार्फत अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेको अमेरिकी सरकारको विदेशमन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

आर्थिक बर्ष सन् २०१८ सुरु भएयता अक्टोबरमा २७२, नोभेम्बरमा २६८, डिसेम्बरमा २६२, जनवरीमा २७२ र फरबरीमा २८५ जना नेपालीहरुले डिभी लोटरीमार्फत अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेका छन् । सन् २०१७ मा डिभीबाट अमेरिकाको आप्रवासी भिसा पाउने नेपालीहरु विश्वमा नै दोश्रो नम्बरमा रहेका छन् । पहिलोमा इजिप्ट रहेको छ ।

सन् २०१६ मा पनि पहिलोमा इजिप्ट र दोश्रो नम्बरमा नेपाल रहेको छ । तर सन् २०१५ मा भने नेपाल पहिलो नम्बरमा रहेको छ । सन् २०१४ मा तेश्रो नम्बरमा रहेको नेपाल सन् २०१२ र २०१३ मा भने लगातार दोश्रो नम्बरमा रहेको थियो । सन् १९९५ यता अहिलेसम्मकै संख्या जोड्दा भने डिभी लोटरीबाट अमेरिका आउनेमा नेपालीहरु विश्वमा नै ११ नम्बरमा रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com