Tweet नेपालका भिआर्इपी चोर: कार चढ्छन् अनि पसल फोड्दै हिड्छन्


प्रकाशित मिति : चैत्र १४, २०७४ बुधबार

दुर्इ भिआर्इपी चोरलार्इ प्रहरीले काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ। मंगलबार चोरीको आरोपमा पक्राउ परेका दुई युवकलाई काभ्रे प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरका २३ वर्षीय लक्ष्छु कार्की र ३३ वर्षका गणेश तामाङ छन् । प्रहरीका अनाुसार उनीहरु सामान्य चोर भने होइनन् । पाहुना झै बनेर कार चढेर आउँछन् र लुटेर भाग्छन् ।

यो समूहले शनिबार मध्याहृन मण्डनदेउपुर २ नगरकोटमा सानुकान्छा तामाङको पसलमा चोरी गरेका थिए । आइटेन कार चढेर गएका उनीहरुले सानुकान्छाको पसल फोडेर ३ लाख रकमसहित सुन र केहि विदेशी मुद्रा चोरी गरेको प्रहरीले बताएको छ ।

१० चैतमा लक्ष्छुलाई नियन्त्रणमा लिएपछि उनकै सूचनाका आधारमा गणेश पनि पक्राउ परेका हुन् । उनीहरुको साथवाट नगद १ लाख ६ हजार, केही विदेशी मुद्रा र ३ थान मोवाइल सेट र केही सुन समेत बरामत भएको काभ्रे प्रहरीले जनाएको छ ।

चोरीमा प्रयोग गरिएको हुन्डाई कम्पनीको बा ७ च ४२ नंम्बरको आईटेन कार पनि बरामद भएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरूले यस अघि पनि धेरै स्थानमा कार प्रयोग गरेर चोरी गर्ने गरेका थिए । कार्की र तामाङविरुद्ध मुलुकी ऐनको चोरी महल अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंंग शाहले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com