कुन दलका सांसदले कति तिर्छन् लेबी ?


प्रकाशित मिति : आश्विन २८, २०७३ शुक्रबार

संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले आफ्ना सांसदबाट अनिवार्य लेबी उठाउने गरेका छन् । दलअनुसार लेबी शुल्क भने फरक–फरक छ । पार्टी सञ्चालनका लागि भन्दै सीधै पार्टी कोषमा जम्मा हुने गरी सांसदहरूबाट लेबी उठाउने गरिन्छ ।

सम्बन्धित दलले संसद् सचिवालयबाट सीधै लेबी रकम लिने गरेका छन् । सांसदहरूको खातामा तलबभत्ताको पैसा जाने वेलामै दलको खातामा पनि मासिक लेबी जाने गरेको छ । सांसदको मासिक पारिश्रमिक ५५ हजार दुई सय ३० रुपैयाँ छ । यसबाहेक बैठकभत्ता र अन्य सुविधाबापत छुट्टै रकम उनीहरूले पाउँछन् ।

दल साना–लेबी ठूलो

प्रमुख दलका तुलनामा साना दलले बढी लेबी लिने गरेका छन् । समानुपातिक प्रणालीबाट सांसद भएकासँग पार्टीले बढी लेबी लिने गरेको देखिएको छ । राप्रपा नेपालले आफ्ना पाँच सांसद बाहेक अन्यसँग २० हजारका दरले लेबी लिने गरेको छ । २५ सांसद रहेको राप्रपा नेपालले तराई मूलका पाँच सांसदसँग भने मासिक १० हजार रुपैयाँ मात्र लिने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल मजदुर किसान पार्टीले भने माध्यमिक शिक्षकको तलबबराबरको रकम लेबी लिँदै आएको छ । ‘मावि शिक्षकको तलब बढ्दा हाम्रो लेबी शुल्क पनि बढ्छ, घट्दा लेबी शुल्क पनि घटछ,’ नेमकिपाका सांसद प्रेम सुवालले नयाँ पत्रिकासँग भने, ‘एउटै मापदण्ड निर्धारणका लागि त्यस्तो व्यवस्था गरिएको हो ।’ साना दलहरूमध्येकै राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपालले पनि २० हजारका दरले आफ्ना सांसदबाट लेबी लिने गरेको नयाँ पत्रिकामा खवर छ ।

एकसिटे दलमा हिसाबै छैन

संसद्मा एक स्वतन्त्रसहित १५ दलका एकजना मात्र सांसद छन् । पार्टीको नेता पनि आफैँ रहेको र सांसद पनि आफैँ भएका कारण उनीहरूको लेबीको हिसाब नै छैन । यी पार्टीमा लेबी प्रणाली नै छैन । पार्टी पनि आफैँले चलाउनुपर्ने भएकाले त्यसको लेखाजोखा नगरिएको एक सिट रहेका दलका सांसदहरू बताउँछन् ।

जनमोर्चा र संयुक्तले सांसदको तलब आफैँ बुझ्छन्

राष्ट्रिय जनमोर्चा नेपालका तीनजना सांसद छन् । तर, उनीहरूको सबै तलब सीधै पार्टीले बुझ्ने गरेको छ । पार्टीले तलब बुझेर सांसदलाई मासिक रूपमा २५ हजार रुपैयाँ मात्र उपलब्ध गराउने गरेको छ ।

नेकपा संयुक्तका सांसद, सांसदका स्वकीय सचिवको तलब पार्टीले नै बुझ्ने गरेको छ । आफ्ना सांसदलाई उसले ३५ हजार रुपैयाँ मात्र दिने गरेको छ । बाँकी पार्टीले नै राख्छ ।

तीन दलले कति उठाउँछन् सांसदबाट ?

कांग्रेसले आफ्ना २०७ सांसदबाट ६ हजार पाँच सयका दरले लेबीबाट मासिक १३ लाख ४५ हजार पाँच सय उठाउँछ । एमालेका १८२ सांसद छन् । उनीहरूबाट मासिक १३ हजारका दरले २३ लाख ६६ हजार रुपैयाँ एमालेले उठाउने गरेको छ ।माओवादी केन्द्रले आफ्ना ८१ सांसदबाट मासिक १० हजारका दरले ८ लाख १० हजार र सहिद प्रतिष्ठानले दुई हजारका दरले एक लाख ६२ हजार लग्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com