छुरा प्रहार गरी एक व्यक्तिको हत्या


प्रकाशित मिति : चैत्र १४, २०७४ बुधबार

चैत १४, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा छुरा प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते धोविनी गाउँपालिका–४, लंगडीका ३० वर्षीय उमेश मुखिया विनको उपचारका क्रममा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्साले बिन हत्याको जानकारी दिँदै साढु दाइ बिजुली मुखियाको संलग्नता पुष्टि भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले ससुराली पुगेका ज्वाइँहरुबीच मदिरा पिएपछि विवाद भएको र त्यसपछि बिजुलीले उमेशलाई छुरा हानेको बताए । ‘दुवै जगरनाथपुर स्थित ससुराली आएका रहेछन्, मदिरा सेवनपछि झगडा भएको र बिजुलीले उमेशलाई छुरा हानेछन् ।’

छुरा प्रहार गर्ने बिजुली फरार छन् । प्रहरीले उनको खोजी कार्य भइरहेको जनाएको छ ।

प्रहरीले अनुसन्धानका लागि बिजुलीका ससुरा र सासुलाई नियन्त्रणमा लिएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com