जेठाजु र बुहारीलाई वडा कार्यालयमै निर्घात कुटपिट, लुंगीले खुट्टा बाँधेर भुइँमा सुताएर कुटपिट


प्रकाशित मिति : चैत्र १४, २०७४ बुधबार

महोत्तरी – अवैध सम्बन्ध राखेको आरोपमा वडाध्यक्षले जेठाजु र बुहारीलाई वडा कार्यालयमा निर्घात कुटपिट गरेका छन् ।

सोनाम गाउँपालिका ७ सुन्दरपुरका वडाध्यक्ष महेश यादवले स्थानीय ५५ बर्षीय बाबुलाल (नाम परिवर्तन) र उनका भाइबुहारी पर्ने ४५ बर्षीया अनिता (नाम परिवर्तन) लाई अवैध सम्बन्ध राखेको आरोपमा कुटपिट गरेको प्रतक्ष्यदर्शीले बताए ।

हातखुट्टा बाँधेर कार्यालयको बैठकमा बन्द गरी कुटपिट गरेको स्थानीयको भनाइ छ । यो घटनाको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अहिले खैलाबैला मच्चिएको छ ।

कोठामा बाबुलाललाई लुंगीले खुट्टा बाँधेर भुइँमा सुताइयो । गन्जी र पाइन्ट लगाएका युवक अमृत रायले उनलाई लठ्ठीले कुटपिट गरे । लठ्ठीको चोट सहन नसकी उनले आफूलाई जोगाउन गुहार मागिरहँदा पनि कसैले बचाउ गरेन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोठामा कुर्सीमा बसेका पाँच सातजना स्थानीय रमिते बनेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ । पञ्चायतमा वडाध्यक्ष यादवले अनितालाई आफैले समेत कुटपिट गरेका थिए । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com