बीस वर्ष पुराना सार्वजनिक सवारी खारेजीको विरोधमा उत्रे, ट्याक्सी मजदुर
प्रकाशित मिति : चैत्र १३, २०७४ मंगलबार
चैत १३, मोरङ । सरकारले गरेको २० वर्ष पुराना सार्वजनिक सवारी खारेजीको विरोधमा विराटनगरका ट्याक्सी मजदुरहरु आप्mनो रोजगारी खोसेको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन् । मंगलवार विराटनगर महानगरपालिकामा ट्याक्सी मजदुरहरुले शान्तिपूर्ण आन्दोलन स्वरुप ट्याक्सी ¥यालीको आयोजना गरेका थिए ।
र्याली नगरका विभिन्न भागको परिक्रमा पछि विराटनगर स्थित महेन्द्र चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । ¥यालीमा मजदुरहरुले २० वर्षे सार्वजनिक सवारी खारेजी ऐन खारेज गर , विकल्पसहितको व्यवस्था लागु गर ,१ नम्बर प्रदेश भरिको रुट इजाजत पत्र लागु गर ,नेपाल सरकार राहत दे, प्रदेश सरकार पहल गर ,नेपाल यातायात राष्ट्रिय महासंघ होशियार , सुतेको महासंघ जाग जाग भन्ने नारा लेखेका प्लेकार्ड बोकेर नगरको परिक्रमा गरेका थिए ।
ट्याक्सी मजदुरहरुले सरकारले ट्याक्सी मजदुर सहित परिवारको रोजीरोटी खोसेको भन्दै यस्तो नियम खारेज गर्नुपर्ने माग गरेका छन् । उनिहरुले आप्mनो मागको सुनुवाई नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।






