बाँसको भाटाले हानेर श्रीमतीको हत्या


प्रकाशित मिति : चैत्र १३, २०७४ मंगलबार

चैत १३, खोटाङ । बाँसको भाटाले हानेर खोटाङमा एक वृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा बस्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१० का ६० वर्षीय मकरध्वज राईले ५० वर्षीया श्रीमती आइसरी राईको हत्या गरेका हुन्।

घरायसी विवादमा सोमबार साँझ श्रीमान्र श्रीमतीबीच झगडा हुँदा श्रीमानले हानेको बाँसको भाटा लागेर श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।

ुश्रीमतीले मादकपदार्थ सेवन गरेकी रहेछन्।ु उनले भने, ुमातेको झोँकमा श्रीमान्माथि जाइलाग्दा श्रीमान्ले बाँसको भाटाले हान्दा उनको मृत्यु भएको खुल्न आएको छ।ु

घटनालगत्तै श्रीमान् मकरध्वजलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। मृत आइसरीको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल दिक्तेल पुर्‍याइएको आफन्तले जनाएका छन्।रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com