एसईई परीक्षामा चिट चोर्न नपाएको भन्दै प्रहरीमाथि ढुङ्गामुढा प्रहार, ४ प्रहरीसहित केही विद्यार्थी घाइते


प्रकाशित मिति : चैत्र १३, २०७४ मंगलबार

चैत १३, काठमाडौं । एसईई परीक्षामा चिट चोर्न नपाएको भन्दै मुगुमा प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएको छ। झडपमा ४ प्रहरीसहित केही विद्यार्थीसमेत घाइते भएका छन्।

प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर र केही सेल अश्रु ग्याससमेत प्रहार गरेको छ।

मुगुको छायाँनाथ नगरपालिका वडा नम्बर ११ रोवा माविमा रहेको परीक्षा केन्द्रमा प्रहरीले चिट चोर्न नदिएको भन्दै सोमबार राति करिब ९ बजेतिर स्थानीयले प्रहरी पोस्टमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी भीमकरण बोगटीले बताए। डिएसपी थापाले भने, ुपरीक्षामा प्रहरीले कडाइ गरेको र चिट चोर्न नदिएको भन्दै प्रहरीमाथि आक्रमण गरिएको बुझिएको छ।ु

स्थानीय तथा विद्यार्थी मिलेर राति प्रहरी सुतेका बेला आक्रमण गरेको डिएसपी बोगटीले जानकारी दिए। अहिले भने कडा सुरक्षाबीच परीक्षा सञ्चालन भइरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com