भीरबाट लडेर एक जनाको मृत्यु


प्रकाशित मिति : चैत्र १३, २०७४ मंगलबार

चैत १३, ताप्लेजुङको सिदग्वा गाँउपालिका ४ मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

सोमबार साँझ भीरबाट लडेर स्थानीय ६३ वर्षीय कमल लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ।

आफन्तको घरबाट आफ्नो घर जाँदै गरेका लिम्बु राति ९ बजे भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com