गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने रुसी अनुसन्धानबाट पुष्टि


प्रकाशित मिति : चैत्र १२, २०७४ सोमबार

स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ ।

गाईको घ्यूले बढेको कोलेस्टोरल ठीक गराउँछ । गोरस मुटुरोगमा समेत लाभदायक रहेको तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ ।

रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाउनुभयो ।

सन् २०१२ मा अमेरिकन हर्ट एशोसिएशनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीमा ३१ प्रतिशतले कमी आएको तथ्य सार्वजनिक ग¥यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इन्टरनेशनल कार्डियोलोजी एसोसिएसन, भारतका अध्यक्ष डा शान्तिलाल साहले भैँसीको दूधमा ‘लोङ्चन फ्याट’ बढी भई नशा जमेर अवरुद्ध हुँदा हृदयाघातका समस्या देखापरेकाले गाईको दूध हृदय रोगीका लागि बरदान सावित हुने अनुसन्धानबाट पुष्टि गर्नुभएको छ ।

अमेरिकाले गाईको गहुँतमा शोध गरी गोमूत्रबाट बन्ने पाँचवटा औषधिको ‘पेटेन्ट राइट’ लिएको स्थानीय गाईको अध्ययनमा लाग्नुभएका गोव्रती योगी सोमराज बताउनुहुन्छ । भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ ।

गाईको घ्यूले हवन गर्दा प्रोपिलिन अक्साइड, इथिलिन अक्साइड, फरमलडिहाइड ग्यास निस्किन्छ । प्रोपिलिन अक्साइडले वर्षा गर्न सहयोग पु¥याउँछ भने इथिलिन अक्साइड र फरमलडीहाइड ग्यासले पर्यावरणमा नकारात्मक असर पु¥याउने जीवाणुलाई मारी शुद्धीकरण गर्दछ । यसैले गर्दा गाईको घ्यूको महत्व छ ।

स्थानीय गाईको दूधमा ओमेगा—३ नामक तत्व पाइन्छ यसले स्मरण शक्ति बढाउँछ । सेरी ब्रोसाइड नामक तत्वले कुनै पनि प्रकारका अर्बुद रोग हुन दिँदैन । गोमूत्रमा कक्र्युमिन नामक तत्व पाइन्छ, जुन अर्बुदरोग निरोधक औषधि हो भन्ने तथ्य वैज्ञानिकरुपमा प्रमाणित भएको छ ।

यसले अर्बुद रोग लाग्नबाट समेत बचाउँछ । गौमूत्रमा अन्य २४ वटा तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यकतालाई पूर्ति गरी निरोगी बन्नका लागि सहयोग पु¥याउँछ ।

इटालीमा प्राजिइ विंगेडले गाईको गोबरमाथि अनुसन्धान गरी यसमा क्षयरोग र मलेरियाका कीटाणुलाई मार्ने अद्भूत क्षमता हुन्छ भन्ने तथ्य पत्ता लगाउनुभयो । नपुंसकता, चिड्चिडापन, मधुमेह, उच्च रक्तचाप, बाथ, मिर्गाैला आदि रोग आधुनिक कृषि प्रणालीका उपज हुन् ।

गाईको गहुँत र गोबरबाट बनेको प्राङ्गारिक मलको प्रयोग गरिएको खेतीबाट यस्ता रोग लाग्ने अनाज उत्पादन हुँदैन । अहिले युरोप र अमेरिकाका शहरमा समेत अग्र्यानिक (जैविक) खेती गर्ने क्रम बढेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com