सेयर बजारमा पहिरो जानेक्रम जारी नेप्से ५२ अंकले झर्‍यो


प्रकाशित मिति : चैत्र १२, २०७४ सोमबार

चैत १२, काठमाडौं । सोमबार पनि सेयर बजारमा पहिरो जानेक्रम रोकिएन ।

कारोबार सुरु भएदेखि निरन्तर ओरालो लागेर एक घन्टा नहुँदै नेप्से ३ प्रतिशत घटेसँगै नेप्सेले १५ मिनेट ‘सर्किट ब्रेक’ नै लगायो ।

त्यसयता उतार–चढाव हुँदै नेप्से ५२ अंक बराबरले झरेर ११ सय ६८ मा आएर थामियो ।

कारोबार भएका सबै समूहमा गिरावट आउँदा बैंकिङ समूहमा सबैभन्दा उच्च ३८३ अंकको गिरावट आयो । होटल समूह ८१ अंकले झर्‍यो ।

लघुवित्त समूहमा पनि ७५ अंकको गिरावट आयो । जलविद्युत् समूह ६९ अंक र उत्पादनमूलक समूहमा पनि ६० अंकको कमी आयो । विकास बैंक समूह ५१ अनि वाणिज्य बैंक समूहमा ४१ अंकको गिरावट आयो ।

अन्य समूह पनि दोहोरो अंकले ओरालो लाग्दा वित्त समूहमात्र सामान्य अंकले ऋणात्मक रह्यो ।

यसदिन कारोबार परिमाण भने औसत दिनका तुलनामा सामान्य उच्च रह्यो । यस दिन नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीका १५ लाख ६८ हजार कित्ता सेयर ४८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com