स्याङ्जामा विद्युतीय पुस्तकालय निर्माण


प्रकाशित मिति : चैत्र १२, २०७४ सोमबार

चैत १२, स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिका–३ स्थित ललही गाउँको जनजागृति आधारभूत विद्यालयमा नेपाल जर्नी संस्थाले सुविधा सम्पन्न विद्युतीय पुस्तकालय निर्माण गरिदिएको छ । बालबालिकालाई सूचना र प्रविधिमा दक्ष बनाउँदै बौद्धिक विकासमा सहजता प्रदान गर्न संस्थाले कम्प्युटर र प्रोजेक्टरसहितको बालमैत्री पुस्तकालय निर्माण गरिदिएको हो ।

संस्थाले तीन लाखको लागतमा बालबालिकाका लागि अत्यावश्यक खेल्दै सिक्ने प्रविधिसहित भिडियो मार्फत हेर्दै र सुन्दै पढ्न सक्ने गरी लाईब्रेरीको निर्माण गरेको संस्थाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनु भयो ।

नेपलिज अमेरिकन अर्गनाइजेशन अफ ओहियोको आर्थिक सहयोगमा पुस्तकालय निर्माण भएकोे हो । साथै सो अवसरमा बिद्यालयमा अध्यनरत बिद्यार्थीका लागि झोला र सुईटर समेत बितरण गरिएको थियो । पुस्तकालयको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले उद्धघाटन गर्नुभयो ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक लुमाकान्त सिग्देलले नेपाल जर्नी संस्थाले बिकट गाउँमा पुस्तकालय निमार्ण गरी आफना साना साना बिद्यार्थीको उज्वल भविष्य निमार्णमा निकै ठूलो सहयोग गरेको भन्दै खुसी प्रकट गर्नुभयो ।

पुस्तकालय निमार्ण भएपछि बिद्यालयले बिद्यार्थीलाई प्रोजेक्टर मार्फत कक्षा सञ्चालन सुरु गरेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com