एक महान पति जसले आफ्नो पत्नीको विवाह उनको प्रेमीसँग गराइदिए
प्रकाशित मिति : चैत्र १२, २०७४ सोमबार
हो, यो सत्य हो । यस्तो समाचार प्रायः पढ्न पाइँदैन । तर, एक भारतीय पुरुष, जसको विवाह भएको ६ दिन मात्र भएको थियो, ले आफ्नो पत्नीको विवाह उनको प्रेमीसँग गरिदिएका छन् । उनको तर्क छ, यसले तीनै जना खुसी हुनेछन् ।
गत मार्च ४ मा ओडिसा राज्यको पालमारा गाउँका २८ वर्षीय वासुदीप टपुले झारसुगुडा गाउँकी २४ वर्षीया युवतीसँग मागी विवाह गरेका थिए ।
समुदायको परम्परा अनुसार गरिएको विवाहको कुनै कानुनी दस्तावेज थिएन । दुवैले समुदायका आर्शिवाद मात्र लिएका थिए ।
पहिलो ६ दिनसम्म सबै कुरा ठीक थियो । तर, त्यसपछि तीन जना पुरुषहरु दुलहीको गाउँबाट आए, जसले पूरै उथुलपुथुल ल्यायो ।
मिडिया रिपोर्टका अनुसार दुलहीको भाई बताउने तीन जनालाई वासुदीपको परिवारले स्वागत गर्यो ।
तीन जनाले मध्ये दुई जनाले वासुदीपलाई उसको गाउँ हेर्ने इच्छा गरे । वासुदीपले उनीहरुलाई गाउँ देखाउन लगे भने एक जना ‘भाई’ त्यहीँ घरमा बसे ।
तर, छिमेकीले भने अज्ञात पुरुष नवविवाहीत दुलहीसँग बसेको मन पराएनन् ।
दुलहीलाई एक्लै ‘अज्ञात’ पुरुषसँग देखेपछि उनीहरु आएर ती युवकलाई पिट्न थाले ।
भीडले युवकलाई पिट्न थालेपछि ती दुलहीले पनि उनी आफ्नो भाई नभएर प्रेमी भएको स्वीकार गरिन् । उनले आफ्नो प्रेमलाई परिवारले स्वीकार नगरेको कारण दबाबमा वासुदीपसँग विवाह गर्नुपरेको बताइन् । त्यही भएर गोप्य रुपमा आफ्नो प्रेमसम्बन्धलाई कायम राख्न बाध्य भएको खुलासा पनि गरिन् ।
उनको यो स्वीकारोक्ति अन्य ठाउँमा भएको भए निकै घातक हुनसक्थ्यो । किनभने यस्ता गाउँहरुमा नाजायज सम्बन्धको कठोर सजाय दिने गरिन्छ ।
तर, वासुदीप आएर यसको शान्तिपूर्ण समाधान निकाले । उनले आफ्नी पत्नीलाई आफ्नो प्रेमीसँग विवाह गर्ने सल्लाह दिए ।
त्यसपछि वासुदीपले आफै आफ्नो पत्नीको परिवारलाई फोन गरेर सबै कुरा सम्झाए । सबैलाई मनाएर उनले आफ्नो पत्नीको विवाह प्रेमीसँग गराइदिए ।
‘यदी मैले यो विवाह नगराएको भए हामी तीन जनाको जीवन बर्बाद हुन्थ्यो । यो मात्र एक समाधान थियो । अब हामी तीनै जना खुसी हुनसक्छौँ,’ वासुदीपले विवाह पछि भने । वासुदीपको आमा पनि आफ्नो छोराको बुद्धिमतादेखि खुसी छिन् ।
पालमारा गाउँका प्रमुख गजेन्द्र बागले वासुदीपको कुरा सुनेर आफूहरुलाई यही नै सही समाधान हो भन्ने लागेको र सबैले यसमा समर्थन गरेको बताए ।
यस्तो रोग
पेट दुखेर अस्पताल पुगेकी बालिकाको शल्यक्रिया गर्दा चिकित्सक अचम्मित बनेका छन्। उनको पेटबाट चिकित्सकले २ किलोग्राम कपालको गुच्छा निकाले।
फेब्रुवरी १४ मा ७ वर्षीया बालिकालाई अचानक पेट दुख्ने तथा वान्ता हुने समस्या देखिएको थियो। परिवारले उनलाई एक मेडिकलमा भर्ना गरे। चेकजाँच गर्दा युवती सिंड्रोमको समस्याबाट पीडित भएको पत्ता लाग्यो।
सिंड्रोमको समस्या देखिएपछि चिकित्सकले केही दिनअघि उनको शल्यक्रिया गराए। चिकित्सकले शल्यक्रिया मार्फत बालिकाको पेटबाट २ किलोग्राम कपाल निकालेका हुन्।
यो घटना भारतको कर्नाटकस्थित वेल्लोर क्षेत्रको हो। जस व्यक्तिमा सिंड्रोमको समस्या हुन्छ ती व्यक्तिले कपाल खाने वानी परेको हुन्छ। यस बारेमा जानकारी दिदै बालिकाको शल्यक्रिया गर्ने डाक्टर वी रवि गोपिनाथले भने, ‘बालिकाको चेकअप पछि बच्चाको पेट फुलेको थियो।
उनका परीवारले पनि पछिल्लो ६ महिनादेखि उनको पेट दुख्ने समस्या बढ्दै गएको बताए। खाना खाँदा वान्ता हुने समस्या बासिलकामा देखिएको थियो।’
उनले फेरी भने, ‘राम्रोसँग चेकअप गरेपछि बालिकाको आन्द्रामा कपालको गुच्छा फसेको देखियो। हामी निष्कर्षमा पुग्यौँ की बालिका रेपन्जल सिंड्रोमबाट पीडित छिन्। परीवारसँग सल्लाह गरेर हामीले बालिकाको शल्यक्रिया गरौँ र कपाल बाहिर निकाल्यौँ।’
उनका अनुसार यो विरामी एकदमै दुर्लभ र विश्वमा ४५ ५० मात्र हुने गरेको छ। शल्यक्रियापछि बालिकाको स्वास्थ्य सामान्य रहेको समाचारमा जनाइएको छ।
कैलाली । भारतीय अर्धसैनिक बल स्पेशल टास्क फोर्स (एसटीएफ) बाट अपहरित एक नेपाली ६ दिनपछि अपहरणमुक्त भएका छन् । लेखनाथ महानगरपालिका-४ चिप्लेढुंगाका ६३ वर्षीय कुतवद्धिन मिया एसटीएफबाट भएका हुन् ।
उनलाई दुईजना भारतीय नागरिकले तिकुनिया घुमाउन भनेर लगेको र सोही दिन तिकुनियास्थित भारतीय प्रहरी चौकीबाट गएको एसटिएफको टोलीले अपहरण गरेको थियो ।
उनलाई शनिबार साँझ भारतीय प्रहरीले गौरीफन्टा नाकाको कोतवालीबाट मुक्त गरेको हो र्। नियन्त्रणमा लिएपछि उनीसँग १२ लाख भारु (१९ लाख २० हजार रुपैयाँ) फिरौती माग गरिएको थियो । बन्धक बनाई रकम असुलिरहेको कुरा बाहिर आएपछि एसटिएफको टोलीले नाटकीय ढंगले गुपचुप रुपमा गौरीफन्टाबाट ती नेपाली नागरिकलाई मुक्त गरेको हो ।
मिया पोखराबाट कामको सिलसिलामा चैत ६ गते कैलालीको टीकापुर पुगेका थिए । उनलाई शनिबार साँझ भारतीय प्रहरीले गौरीफन्टा नाकाको कोतवालीबाट मुक्त गरेको हो । उनका ज्वाइ भारतीय रुपैया सहित पक्राउ परेपछिमात्र अपहरणको पाटो बाहिर आएको हो ।
उनको रिहाइका लागि पोखराबाट आएका छोरीहरु र ज्वाइँले फिरौती वापतको रकम समेत बोकेर आएका बताएका छन् । त्यही फिरौतीको रकम बुझाउन गौरीफन्टा जान खोज्ने क्रममा ज्वाइँ रिजुद डे चैत ९ गते ८ लाख भारतीय रुपैयाँसहित एसएसवीद्वारा नाकामा पक्राउ परे । त्यसपछि मात्र मिया अपहरणको घटना बाहिर आएको थियो । अपहरण मुक्त भएपछि मिया सपरिवार आइतबार बिहान गृहनगर पोखरा फर्किएका छन् ।