प्यालेष्टाईनीले आक्रमण गरेपछि प्रत्याक्रमण गरेको इजरायली सेनाको पुष्टी


प्रकाशित मिति : चैत्र १२, २०७४ सोमबार

प्यालेटिनीहरूले दक्षिणी इजरायली सिमा क्षेत्रमा आक्रमण गरेपछि इजरायली युद्धक विमानले रातभर प्रत्याक्रमण गरेको इजरायली सेनाले शनिबार बताएको छ ।

इजरायली सेनाले अङ्ग्रेजी भाषामा जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, सेनाको हवाई आक्रमणमार्फत आतङ्कवादीको राफास्थित संगठनको सैन्य आधार शिविरलाई लक्षित गरी आक्रमण गरेको जनाइएको छ ।

आक्रमणबाट हमासले युद्धको लागि बन्दोबस्तीका सामान लगायतका सामग्री नष्ट गरिदिएको इजरायली दैनिक हारेट्जले सेनालाई उद्धृत गरी जनाएको छ ।

हमास विद्रोहीले सिमा क्षेत्रमा अतिप्रज्ज्वलनशील पदार्थ भरिएका बोतलमा आगो लगाएर सुरक्षा अधिकारीमाथि आक्रमण गरेपछि इजरायलले युद्धक विमानको सहयोगमा प्रत्याक्रमण गरेको सेनाको दावी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनामा दुवै पक्षमा हताहती भएको वा घाइते भएको समाचार छ । सेनाले आक्रमण थालेपछि विद्रोही भागेका इजरायली अधिकारीले बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com