तीन दशकपछि अशोक स्तम्भको संरक्षण


प्रकाशित मिति : चैत्र १२, २०७४ सोमबार

चैत १२, कपिलवस्तु । यहाँका महत्वपूर्ण पर्यटकीयस्थलमा पर्ने कनकमुनि बुद्धको जन्मस्थलमा रहेको अशोक स्तम्भको तीन दशकपछि संरक्षण गरिएको छ ।

सदरमुकाम तौलिहवादेखि सात किमी उत्तरमा पर्ने निग्लिहवामा रहेको अशोक स्तम्भ दुई टुक्रामा विभाजित भई भुइँमा लडेको थियो । त्यसलाई धेरै समयपछि लुम्बिनी विकास कोषले करिब रु ३० लाख लगानीमा एक वर्ष लगाएर सुन्दर आकर्षक र परम्परागत शैलीमा छाना ९सेड० निर्माण गरी संरक्षण गरेको हो ।

तौलिहवा–जितपुर खण्डमा पर्ने अशोक स्तम्भलाई संरक्षण गरेर रङ लगाएपछि आकर्षक भएको छ । त्यसको संरक्षण गर्न कोषले तीन सुरक्षाकर्मी पनि राखेको छ । उनीहरू दिनरात खटिरहन्छन् ।

निग्लिहवा कनकमुनि बुद्धको जन्म तथा नेटल टाउनका रूपमा इतिहासमा चर्चित छ । लुम्बिनी हुँदै आउने पर्यटक तिलौराकोट पछि यहाँको अवलोकन गर्ने गर्छन् । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com