कैलालीमा चार करोडको लगानीमा जडीबुटी प्रशोधन केन्द्र निर्माण कार्य सुरु


प्रकाशित मिति : चैत्र ११, २०७४ आईतबार

चैत ११, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा आउने भएको छ। चार करोड रुपैयाँको लगानीमा २०७५ साउन महिनाभित्र सञ्चालनमा ल्याउने गरी सगरमाथा प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको हो। केन्द्रको शिलान्यास उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले गरे। उद्योगको सिलान्यास गर्दै महासंघका उपाध्यक्ष चन्द्र ढकालले प्रदेश ७ जडिबुटीको खानी भएको बताए। प्रदेश ७ विकासको सम्भावना बोकेको क्षेत्र भएको भन्दै यस्ता उद्योग सञ्चालनमा आए यस प्रदेशको आर्थिक समृद्धिले छिट्टै फड्को मार्ने विश्वास ब्यक्त गरे। सुरुमा चार करोडको लगानीमा कैलालीमा स्थापना गरिने यो उद्योगले प्रदेश–७ का अन्य ८ वटै जिल्लामा जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य लिएको छ। यस्ता उद्योग स्थापनाले यस प्रदेशको गरिबी र बेरोजगारी न्यूनिकरण हुनेमा आफूले विश्वास लिएको जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले बताए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com