प्रहरीले कोटेश्वरको होटलमा छापा मारी समात्यो २६ जना


प्रकाशित मिति : चैत्र ११, २०७४ आईतबार

चैत ११, काठमाडौं । काठमाडौंको कोटेश्वर क्षेत्रमा प्रहरीले आकस्मिक छापा मारेको छ । आइतबार प्रहरीले कोटेश्वरका ६५ वटा होटल, लज र रेष्टुरेन्ट छापा मारी २६ जनालाई पक्राउ गरेको हो । प्रहरी १६ जना पुरुष र १० जना महिलालाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार काठमाडौं प्रहरीले प्रत्येक दिन फरक फरक स्थानमा आकस्मिक रूपमा छापा मार्दै सुरक्षा चेकजाँच गदै आएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकाको शान्ति सुरक्षालाई मजबुत तथा उपत्यकामा हुने आपराधिक गतिविधिलाई नियन्त्रणमा लिन केही समय अघिदेखि आकस्मिक रूपमा चेकजाँच थालेको बताइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com