पिपल्स हाइड्रोले चीनबाट ९ अर्ब लगानी भित्र्याउँदै


प्रकाशित मिति : चैत्र ११, २०७४ आईतबार

चैत ११, काठमाडौँ । पिपल्स हाइड्रो लिमिटेडले चीनबाट रु ९ अर्ब रकम जलविद्युत् आयोजनाका लागि भित्र्याउने भएको छ ।

कम्पनीले आइतबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार चीनको छोछुङ वाटर टर्वाइन वक्र्स ९सिडब्ल्युटिडब्ल्यु०ले करिब ९ अर्ब रकम खिम्ती–२ जलविद्युत् आयोजनामा लगानी गर्न लागेको हो ।

कुल ४८।८० मेगावाट क्षमताको सो आयोजना २०७८ असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कुल लागत रु १० अर्ब रहेको छ ।

चीनबाट भित्रिने रकमबाहेक अरु रकम भने प्रवद्र्धक पिपल्स हाइड्रोले स्वपुँजीमार्फत् लगानी गर्नेछ ।

चिनियाँ कम्पनीले इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स ९इपीसीएफ० ढाँचामा निर्माण गर्नेछ ।

उक्त कम्पनीले आयोजना निर्माण सम्पन्न भएको ७०० दिनभित्र आफ्नो लगानी फिर्ता लैजाने गरी सहमति भएको पिपल्स हाइड्रोका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

दोलखा र रामेछापको जिरीखिम्ती भन्ने स्थानमा बाँध बाँधेर कुल ६।६ किलोमिटर लामो सुरुङमार्फत् खिम्ती आयोजनाको बाँधस्थलनजिक निर्माण हुने विद्युत्गृहमा विद्युत् उत्पादन गरिनेछ ।

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको देवीटार सवस्टेसनमा जोडिनेछ ।

आयोजनाको हाल पहुँचमार्ग, आवासस्थल निर्माण तथा निर्माणका लागि आवश्यकपर्ने विद्युत् जोड्ने प्रसारणलाइन निर्माणको काम भइरहेको आयोजना प्रमुख रामहरि शर्माले जानकारी दिए ।

नेपालका जलविद्युत् आयोजनामा इपीसीएफ ढाँचामा निर्माण गर्न लागिएको यो पहिलो परियोजना हो ।

यसअघि, बूढीगन्डकी जलविद्युत् आयोजनासमेत यही ढाँचामा निर्माण गर्न खोजिएको थियो । विवाद उत्पन्न भएपछि बूढीगण्डकी सरकार आफैंले निर्माण गर्ने निर्णय गरिसकेको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आगामी वैशाखदेखि आयोजनाको निर्माण सुरु हुनेछ । चिनियाँ कम्पनीले निर्माण सुरु गरेको तीन वर्षभित्र आयोजना सम्पन्न गर्नेछ ।

सुरुमा सहकारीको ढाँचामा आयोजना निर्माण गर्न खोजिएपनि सहकारी कम्पनी रजिस्ट्रार कार्यालयमासमेत दर्ता नहुने र धितोपत्रको कारोबारसमेत नहुने भएपछि कम्पनी बनाइएको पिपल्स हाइड्रोका कार्यकारी अध्यक्ष आचार्यले बताए ।

नेपालको जलविद्युत् आयोजना निर्माणमा नयाँ खालको ढोका खुलेको जानकारी दिँदै उनले अरु आयोजनासमेत आगामी दिनमा यही ढाँचामा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

आयोजनाको वित्तीय व्यवस्थापन यसअघि नै भएको थियो । सानिमा बैंकको नेतृत्वमा अन्य ९ ओटा बैंकले आयोजनामा लगानी गर्ने सहमति गरेका थिए ।

तर, बैंकमा देखिएको तरलता अभावका कारण तत्काल रकम उपलब्ध गराउन नसक्ने भएकाले वैकल्पिक उपाय अपनाइएको कम्पनीले जानकारी दिएको छ ।

आयोजना सम्पन्न भएपछिमात्रै बैंकसँग ऋण लिइने र चिनियाँ कम्पनीलाई भुक्तानी दिइने कार्यकारी अध्यक्ष आचार्यको भनाइ छ ।

आयोजनाबाट हिउँदमा ४० गिगावाट घन्टा ऊर्जा उत्पादन हुनेछ भने वर्षाकालमा २२३ गिगावाट घन्टा ऊर्जा उत्पादन हुनेछ ।

प्रवद्र्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षाकालमा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद सम्झौता भइसकेको छ ।

सो कम्पनीले यसअघि रुदी ए ८।८ मेगावाट र रुदी बी ६।६ मेगावाट क्षमताका दुई आयोजना निर्माण सम्पन्न गरिसकेको छ । रासस

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com