औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङ वैशाखदेखि अन्त्य हुने : ऊर्जामन्त्री वर्षमान पुन


प्रकाशित मिति : चैत्र ११, २०७४ आईतबार

चैत ११, काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङ २०७५ को बैशाखदेखि अन्त्य हुने बताएैका छन्। नेपाल विद्युत प्राधिकरको स्चूचाटारमा रहेको भार प्रेषण केन्द्रको आइतबार अनुमगन गरेपछि मन्त्री पुनले औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङ पनि अन्त्य हुने बताए। उनले नेपाल विद्युत प्रिधकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको छलफलपछि उक्त घोषणा गरेका हुन्। औद्योगिक क्षेत्रमा हाल दैनिक चार घण्टासम्म लोडसेडिङ भइरहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ। अन्य क्षेत्रमा भने प्राविधिक समस्याबाहेक लोडसेडिङ नभएको बताइएको छ। उद्योगीहरूले मन्त्री पुनलाई भेटेर तत्काल औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न माग गरेका थिए। उनीहरूले रोजगारी र उत्पादनको क्षेत्रमा लोडसेडिङ हुँदा राज्यलाई आर्थिक रुपमा नोक्सान भइरहेको भन्दै गुनासो गर्दै आएका थिए। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, मन्त्रालयका सचिव लगायत उच्च अधिकृतसहित अनुगमनमा पुगेका मन्त्री पुनले औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन समेत दिएका थिए। उक्त केन्द्रमा कार्यरत प्राविधिक तथा कर्मचारीहरूले औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न तत्काल काम थाल्ने बताएका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com