लोडसेडिङ गरेका छैनौं :कार्यकारी निर्देशक कुलमान घिसिङ


प्रकाशित मिति : चैत्र ११, २०७४ आईतबार

नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौं उपत्ययका लगायत मुलुकभर घोषित-अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको र गर्नु पर्ने अवस्था समेत नरहेको प्रष्ट पारेको छ ।

विहिवारमात्रै उर्जा मन्त्रीले एसईई परीक्षाभर लोडसेडिङ नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका थिए ।

औद्योगिक ग्राहकलाई केही घण्टाको  लोडसेडिङ बाहेक अन्य ग्राहकलाई पूर्णरुपमा विद्युत आपूर्ति भइरहेको जानकारी दिंदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने,‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प विद्युत जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्यो भनी बुझ्नु भएन ।’

शुख्खायामसँगै सुरु भएको हावाहुरीले विद्युत प्रसारण तथा बितरण प्रणाली टिपिङ हुँदा विद्युत आपूर्तिमा समस्या हुने गरेको प्राधिकरणले जनाएको छ । विगतमा पनि यस्तो ट्रिपिङ भएता पनि त्यतिबेला लोडसेडिङ हुँदा उपभोक्ताले  विद्युत आपूर्तिमा समस्या आएको थाहा नै पाउँदैन थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्राधिकरणले त्यस्ता प्राविधिक समस्या समाधान गर्न मुलुकभर नै कर्मचारीको टिमलाई २४सै घण्टा तयारी अवस्थामा राखेको छ ।

‘सडक तथा खानेपानी पाइप विस्तारका कारण हाम्रा भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नु पर्र्ने लगायतका प्राविधिक कारणले त्यस आसपसमा क्षेत्रमा केही समय विद्युत कटौती भएको हुन सक्छ’ घिसिङले भने,‘यस्ता समस्या तत्काल समाधान गरी विद्युत आपूर्ति नियमित गर्न मन्त्रीज्यूबाट पनि निर्देशन भइसकेको छ, सोहीअनुसार काम गरिरहेका छौ ।’

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले केही दिन अघि विद्युत आपूर्तिमा अहिले भइरहेको प्राविधिक समस्यालाई छिट्टो र छरितोरुपमा समाधान गरी विद्युत आपूर्ति नियमित गर्न प्राधिकरणलाई निर्देशन दिए ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युतको मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम भइरहेको बताए ।

‘ओभरलोड भएका सब–स्टेसन मर्मत गर्दा विद्युत आपूर्ति कटौती गर्नु भएको हुन सक्छ’, उनले भने,‘मर्मत सम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिट्टो विद्युत आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com