देशभर आज चैते दशैँ र नवमी पर्व मनाइदै
प्रकाशित मिति : चैत्र ११, २०७४ आईतबार
चैत ११, काठमाडौं । आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर रामनवमी पर्व मनाइँदैछ । चैत्र शुक्ल नवमीका दिन चैतेदसैँसमेत मनाइँदै आएको छ ।
आज बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ । समितिका अनुसार अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दशैँ र मध्याह्नमा नवमी परेका दिन रामनवमी पर्व मनाउनुपर्ने शास्त्रीय वचन छ ।
त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा विष्णुको सातौँ अवतार मानिने श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको विश्वास गरिँदै आएको छ ।






