धरानमा शंकास्कपद वस्तु फेला


प्रकाशित मिति : चैत्र ११, २०७४ आईतबार

चैत ११, विराटनगर– धरानको मुख्य क्षेत्र भानुचोक नजिकै शंकास्कपद वस्तु फेला परेको छ।

निकेतन स्कुल जाने बाटोको छेउमा खतरा लेखिएको शंकास्पद वस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ। घण्टाघरको पछािडपट्टि रहेको उक्त स्थान आसपास बिहानैदेखि त्रास फैलिएको छ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले उक्त वस्तु बम हो ? होइन जाँच गर्नका लागि नेपाली सेनाको टोली बोलाइएको बताए।

धरान–१३ स्थित फुस्रेबाट सेनाको टोली आएपछि थप जानकारी प्राप्त हुने उनको भनाइ छ। प्रहरीले आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ। शंकास्पद वस्तु भएको छेउछाउमा सर्वसाधारणलाई जान रोक लगाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com