कतारमा अलपत्र नेपाली सरकारी बेवास्ताले गैरकानुनी हैसियतमा काम गर्न बाध्य


प्रकाशित मिति : चैत्र ११, २०७४ आईतबार

विभिन्न म्यानपावर कम्पनीमार्फत कतार पुगेर अलपत्र परेका नपाली कामदरा गैरकानुनी हैसियतमा काम गर्न बाध्य भएका छन् ।

कतारस्थित नेपाली राजदुतावासले उद्धारमा कमिसन दिएर त्यहाँका विभिन्न कम्पनीमा काम गर्न बाध्य भएका हुन् । नेपाली कामदार अलपत्र परेर बसेको स्थान अलओफरा नेपाली दुतावास रहेको दोहाबाट गाडीमार्फत तीन घन्टाको दुरीमा छ । तर, हालसम्म दुतावासबाट अलपत्र कामदार भेट्न कोह िपनि पुगेका छैनन् ।

तीन साताअघि उनीहरुले दतावासमै पुगेर आफुहरुको उद्धारका लागि आग्रहसमेत गरेका थिए । तर, अलिहेसम्म पनि कुनै सुनुवाई नभएको गुनासो उनीहरुको छ ।आजको नयाँ पत्रिकामा यो खबर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com