अवैध रुपमा कर्णाली नदीबाट ढुङ्गा, बालुवा, गिट्टी उत्खनन्


प्रकाशित मिति : चैत्र १०, २०७४ शनिबार

चैत १०, कैलाली । कैलालीको विभिन्न खोला, नदी, चुरे र वन क्षेत्रबाट अबैधरुपमा ढुङ्गा, बालुवा, गिट्टी उत्खनन् गरी चोरी निकासी हुने क्रम बढ्दै गएको छ । स्थानीय सरकार आएपछि वनजंगल र खोलानालाको संरक्षणको आसमा रहेका नागरिक झनै चिन्तित बनेका छन् ।

हरेक वर्ष बर्षातको समयमा बाढी र पहिरोको उच्च जोखिमबाट समेत बच्न अवश्य पनि जनप्रतिनिधिले केही पहल अवश्य चाल्छन होला भनेर । तर त्यसो हुन सकेन् । लामो समयदेखि स्थानीय जनप्रतिनिधि नहुदा कर्मचारीले देशलाई खाने भए भनेर सार्वजनिक कार्यक्रम, सभा समारोहमै आरोप प्रत्यारोप लागाउने राजनीतिक दलका नेताहरु पनि अहिले भने चुपचाप देखिन्छन । तर पहिलेको तुलानामा यस वर्ष भने खुल्लयाम रुपमै अबैध रुपमा चुरे क्षेत्र र खोलानाला बाट ढुड्डा, बालुवा, गिट्टी उत्खनन् गरी चोरी निकासी हुँदै आएको स्थानीयको जन गुनासो छ ।

हरेक वर्षझै यस वर्ष पनि जिल्लाका चुरेसंगै जोडिएका खोलानालाबाट ढुड्डा, बालुवा, गिट्टी उत्खनन्को लागि ठेकेदारलाई ठेका दिएको छ । तर ठेकेदारले आफुलाई परेको ठेका अनुसारको ठाउ बाट ढुङ्गा, बालुवा, गिट्टी उत्खनन् गर्ने गरेको भए पनि त्यसभन्दा ४ गुणाका दरले अबैधरुपमा चुरे क्षेत्रको संवेदनशीलतालाई लत्याउदै उत्खनन् भैरहेको छ ।

हरेक वर्ष छाल फेर्दै आएको कार्णाली नदी भित्रै पसेर डोजर चल्दासमेत वनका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीसमेत मुख दर्शक बनेका छन् । दिनमा दुई र रातमा चारगुणाका दरले अबैधरुपमा ढुङ्गा, बालुवा, गिट्टी चोरी निकासि हुँदै आएको कैलालीको पूर्वीक्षेत्र लम्कीचुहा नगरपालिका अन्तरगत पर्ने धोबेनी, गोराड्डे, रोरा र कर्णाली नदीमा प्राकिृत स्रोतसाधन संरक्षणको अभाव खड्किएको स्थानीय बताएका छन् । स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र वनका कर्मचारीको प्रत्यक्ष संलग्नतामा अबैध रुपमा यस क्षेत्रबाट ढुङ्गा, बालुवा, गिट्टी चोरी निकासी हुँदै आएको स्थानीयको गुनासो छ ।

लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को क्षेत्रमा पर्ने कर्णाली, धोबेनी, बल्चौर र गोराड्डे खोला बाट अबैधरुपमा ढुड्डा, बालुवा, गिट्टी उत्खनन् नगर्न आफुले पटक पटक आग्रह गरेपनी अटेर गर्ने गरेको वडा अध्यक्ष भक्तबहादुर चलाउनेको भनाईछ । अबैधरुपमा खोला बाट उत्खनन् हुदै गरेको थाहापाए पछि आफुले नगर प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख र वनका कर्मचारीलाई ढुड्डा, बालुवा, गिट्टी चोरी निकासि हुनबाट रोक्न आग्रह समेत गरेको प्रतिक्रिया दिए ।

इलाका वन कार्यालय लम्कीका प्रमुख सहायक वन अधिकृत भरतबहादुर शाहले भने आफुहरुले अबैधरुपमा खोला र वन क्षेत्रमा डोजर चलाउनेलाई पटक पटक चेतावनी दिने गरेको भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिन खोजे । सहायक वन अधिकृत भरतबहादुर शाह भन्छन् वन संरक्षण गर्नु वन कर्मचारीको मात्र दाईत्व होईन् । सबैले सरोकार राख्नुपर्छ ।

वन तथा खोलानालमा गएर उत्खखनको लागि जेसिवी र स्काबेटरले जिल्ला समन्वय समितिबाट अनिबार्य अनुमति लिनु पर्दछ । जिल्लामा ४÷५ वटा स्काबेटरलाई मात्र उत्खनन्को लागि अनुमति दिएको छ । खोला तथा नदीमा भने अहिले दैनिक १०÷१५ जेसिवी र स्काबेटरले दैनिक उत्खनन् गरी रहेका छन् । पछिल्लो समयमा जिल्लाका खोलानाला र वन क्षेत्रबाट अबैधरुपमा ढुड्डा, बालुवा, गिट्टी चोरी निकासी हुँदै आएको भन्ने आफुले भरखरै खबर पाएको भन्दै अब आवश्यक कदम चाल्ने बताउछन् जिल्ला संमन्वय समितिका संयोजक सुर्य बहादुर थापा ।

यता स्थानीय सरकारको नेतृत्वमा रहनु भएका लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले भने नगर कार्यपालिकाले खोला र वनमा डोजर चलाउन नदिने निर्णय गरेको बताए । ढुङ्गा, बालुवा, गिट्टीको ठेक्का दिने जिल्ला समन्वय समितिको काम भएकाले अबैध उत्खन् गर्नेलाई कडा कारबाहिको दायरमा ल्याउनु पर्ने नगर प्रमुख बजगाइको भनाई छ ।

वन र प्राकृतिक स्रोत साधनको संरक्षणको जिम्मा पाएको सरोकारवाला निकायका प्रमुख नै एकले अर्कोलाई दोष देखाउदै जिम्मेवारी बाट पन्छीरहेका छन । कस्को हो त ? जिल्लामा रहेका खोला नाला र वन क्षेत्रको संरक्षणको जिम्मेवारी । शक्तामा पुगेसंगै आफ्ना आसेपासेलाई डोजर चलाउन अनुमति दिदै कसले खाई रहेको छ त कमिसन । तत्काल खोजविन गरी दोषीलाई कडाभन्दा कडा कारबाही होस् । वन र खोलानालाको दोहोन हैन संरक्षण होस् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com