निर्माण सामग्रीको मूल्यवृद्धि र ढुवानी खर्च बढी तिर्नुपर्दा भूकम्प प्रभावित थप समस्यामा


प्रकाशित मिति : चैत्र १०, २०७४ शनिबार

चैत १०, ओखलढुंगा । ओखलढुंगामा भूकम्पपछिको पुनर्निर्माणले तीव्रता लिएसँगै निर्माण सामग्रीको चरम मूल्य वृद्धि भएको छ। व्यवसायीहरूले निर्माण सामग्रीको मूल्य आफूखुसी बढाउन थालेपछि जिल्लाका भूकम्प प्रभावितहरु समस्या परेका छन्। घर बनाउन नसकिने भयो, एक बोरा सिमेन्टको भाउ एक हजार ४ सय ५० पुग्यो, अझै भाउ बढ्ने भन्दै छन्  खिजिदेम्वा ९ का वाङ्छे शेर्पाले भने। निर्माण समाग्रीका बिक्रेता सप्लायर्सहरुको मनोमानी मूल्य वृद्धिका कारण भूकम्पपीडितहरु मारमा परेका पीडितको गुनासो छ। यहाँ समानको मूल्यभन्दा पनि ढुवानीमा मनोमानी भाउ भएकाले सामानको मूल्यभन्दा दोब्बर ढुवानी भाडा तिर्नुपर्ने बाध्यता रहेको लिखु गाउँपालिका( ९ की राधा घिमिरेको बताउँछिन्। निर्माण समाग्रीको मूल्यभन्दा ढुवानी बढी तिर्नुपर्दा सर्वसाधारण मारमा परेका छन्। खोलामा ७ हजारमा पाइने वालुवा गाउमा आई पुग्दा २२ देखि २४ हजार पर्ने गरेको छु लिखु ६ का इन्द्रबहादुर खत्रीले गुनासो गरे पैसा जति सामान ढुवानी र खरिदमा नै सकिने भयो अनि घर कसरी बनाउनु। सरकारले समय सीमा तोकेर घरबनाउन भनेपछि यतिवेला स्थायी आवास निर्माणको क्रम बढेका कारण जिल्ला सदरमुकामलगायत अन्य स्थानका हार्डवेर पसलमा निर्माण समाग्रीको माग बढेको छ। समानको माग बढे पछि ब्यवसायीले मनोमानी रुपमा निर्माण सामग्रीको र यातायातका साधनको अभाव देखाउँदै ढुवानीमा समेत दोब्बर मूल्य वृद्धि गरेर उपभोक्तालाई ठग्ने काम भएको आरोप भूकम्पपीडितको छ। बजार क्षेत्रभन्दा टाढा रहेका नगरपालिकासहित ८ वटै स्थानीय तहका भूकम्पपीडितहरु स्थायी आवास निर्माण गर्न लागिरहेका वेला व्यवसायीले मौकाको फाइदा उठाई रहेको खिजीदेम्वा गाउँपालिका ८ का वडाअध्यक्ष भुपेन्द्र बस्नेतले बताए। व्यवसायीहरु भने मूल्य बढेको यथार्थ भएता पनि बढाउनुपर्ने बाध्यता भएको बताउँछन्। हामी पनि कमाउनका लागी नै व्‍यवसाय गरेको के गर्नु उतैबाट मूल्य वृद्धि भएर आउँछु विगत १० वर्षदेखि हार्डवेर पसल गर्ने एक व्‍यवसायीले बताए। भूकम्पपछिको पुनर्निर्माण गति लिएसँगै ओखलढुंगा सदरमुकाम तथा रामेछाप ओखलढुंगाका सिमानामा पर्ने साँघुटार,सिरीसे,ढाँडे र सोर्तम बजारमा समेत निर्माण सामग्रीको अभाव देखापर्न थालेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com