गाई काटेको आरोपमा ४ जना पक्राउ


प्रकाशित मिति : चैत्र १०, २०७४ शनिबार

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ४ ज्योतीनगरबाट गाई काटेको आरोपमा ४ जना पक्राउ परेका छन् ।

पक्राउपर्नेमा ७० वर्षीय होमबहादुर राना, त्यस्तै कुमारी घर्ती, राम कुमारी घर्ती, कुन्ती थापा रहेको गणेशपुर इलाका प्रहरी कार्यालयका प्रमुख खिमबहादुर घमले जानकारी दिए । शुक्रवार होमबहादुर रानासँग करिब २५, ३० किलो मासु फेलापरे पछि के को मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको रानाले स्वीकार गरेको थिए ।

गाई काट्नामा सहयोग गरेको भन्दै अन्यलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई कृष्णनगर प्रहरी कार्यालयको हिरासतमा राखिएको बताइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com