भारत हिँडेका चिनियाँ राष्ट्रपति कम्बोडिया पुगे


प्रकाशित मिति : आश्विन २७, २०७३ बिहीबार

चीनका राष्ट्रपति सि जिङ्गपिङ औपचारिक भ्रमणका लागि बिहीबार कम्बोडिया आइपुगेका छन् । परम्परागत मित्रवत सम्वन्धलाई निरन्तरता दिँदै आपसी सहयोग अभिवृद्धिका लागि सदासयता देखाउन र दुई देशबीचको रणनीतिक सहकार्यका लागि उनले कम्बोडियाको औपचारिक भ्रमण गरेको बताइएको छ ।

दक्षिणपूर्वी एसियामा सिको राष्ट्रपति भएयता यो नै पहिलो भ्रमण हो । उनले यसअघि उपराष्ट्रपतिको रुपमा सन् २००९ कम्बोडियाको भ्रमण गरेका थिए । सिले कम्बोडियामा राजा नोरोडोम सिहामोनी, महारानी नोरोडोम मोनिनेथ सिहानौक र प्रधानमन्त्री हुन सेनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दुई देशबीच थप सहयोग र सहकार्य बढाउने विषयमा सिको भ्रमणका क्रममा सम्झौता समेत हुने जनाइएको छ ।

कम्बोडियाका अहिलेका राजाका पिता र चीनका अघिल्लो पुस्ताका नेताहरुले यी दुई देशबीचको परम्परागत मित्रतालाई सुमधुर बनाएका थिए । यसअघि यही बर्षको जुन महिनामा चीनको बेइजिङमा राजकिय भ्रमणमा गएका बेला राजा सिहामोनीले राष्ट्रपति सिसँग भेटवार्ता गरेका थिए ।

आर्थिक दृष्टीकोणले चीन कम्बोडियाको सबै भन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीकर्ता हो । चीनले कम्बोडियोको व्यापार, ऊर्जा र पूर्वाधार निर्माणमा बढी साझेदारी र लगानी गरेको छ । भारतको गोवामा आयोजना हुनलागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग बिहीबार बिहान चीनबाट प्रस्थान गरेका थिए । शिखर सम्मेलन सुरु हुनुपूर्व उनले कम्बोडिया र बङ्गलादेशको औपचारिक भ्रमण जान लागेका हुन् । यसैक्रममा उनी कम्बोडिया पुगेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com