छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु


प्रकाशित मिति : चैत्र १०, २०७४ शनिबार

चैत १०, विराटनगर– पाँचथर र खोटाङमा सडक दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ।

पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुँभाङ–भाते सडक खण्डमा मे १ ज १८०९ नम्बरको बोलेरोले ठक्कर दिँदा पैदलयात्री स्थानीय ४६ वर्षीय मोतिलाल दर्जीको मृत्यु भएको छ।

फिदिमबाट सुँभाङ जाँदै गरेकोको ठक्करबाट दर्जीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

त्यस्तै, पाँचथरको फिदिम नगरपालिका १ मा मे १ त २५२३ नम्बरको ट्याक्टर अनियन्त्रित भर्इ दुर्घटना हुँदा चालक इलाम नगरपालिका १० का २० वर्षीय खगेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको छ।

यसैगरी, खोटाङको हलेसी–तुवाचुङ नगरपालिका ४ मा ट्याक्टरले किचेर स्थानीय २९ वर्षीय यमबहादुर माझीको मृत्यु भएको छ। दुधकोशी किनारबाट बालुवा लोड गरेर फर्कंदै गरेको ध १ त ७२२ नम्बरको ट्याक्टरबाट खसेका माझीलाई सोही ट्याक्टरले किचेको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com