आफ्नै भतिजी बलत्कार गर्ने एकजना अभियुक्तलाई १५ वर्ष कैद


प्रकाशित मिति : चैत्र ९, २०७४ शुक्रबार

चैत ९, जाजरकोट । आफ्नै दाइकी छोरीलाई बलत्कार गर्ने एकजना अभियुक्तलाई जिल्ला अदालत जाजरकोटले १५ वर्षको कैद सजाय तोकेको छ। भतिजी नाता पर्ने सात वर्षीया बालिकालाई नजिकैको जंगलमा लगि बलत्कार गर्ने शिवालय १ स्यापीका २४ वर्षीय पुष्कर पुनलाई अदालतले १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो।

जिल्ला न्यायधिश देवकुमार गिरीको इजलासले उक्त फैसला गरेको हो। दुई वर्षअघि भएको उक्त घटनामा संलग्न पुष्कर घटना लगत्तै फरार छन्। उनलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। गाउँमै मिलापत्र गरेर घटना गुपचुप पार्न खोजिएपछि पीडित पक्षले मिलापत्र गर्न इन्कार गरेपछि जर्बजस्ती करणीसम्बन्धी मुद्धा दर्ता गरिएको थियो।

हाडनाता करणीमा थप सजाय हुने व्यवस्था कानुनमा भए पनि सरकारी वकिलले उक्त सजाय मागदावी नगर्दा कम सजाय भएको हो। मुद्धाको मिसिल तयार गर्दा हाडनाताबारे जानकारी नहुँदा हाडनाता करणको हदैसम्मको मागदावी नै परेन।

पछि बयान लिँदा मात्र थाह भयो अदालतका नायव सुब्बा सर्पराज खत्रीले भने ‘तर जर्बजस्ती करणीसम्बन्धी यस जिल्लामा भएका फैसलामध्य सबैभन्दा धेरै सजाय तोकिएको यो नै पहिलो घटना हो।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com