ट्रम्पका थप दुई यौनकाण्ड : एउटा आकाशमा, अर्को ट्रम्प टावरको लिफ्टमा(भिडियो)


प्रकाशित मिति : आश्विन २७, २०७३ बिहीबार

अमेरिकामा राष्ट्रपतिको चुनाव नजिकिंदै गर्दा रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पका थप दुईवटा यौन हिंसाजन्य घटनाहरु अमेरिकाको प्रसिद्ध दैनिक पत्रिका न्युयोर्क टाइम्सले सार्वजनिक गरिदिएको छ । ट्रम्पले एउटा यौनहिंसा उडिरहेको विमानमै गरेको र अर्को आफ्नै कर्पोरेट टावरको लिफ्ट छेउमा गरेको दुई अमेरिकी महिलाले उजागर गरेको पत्रिकाले लेखेको छ।

यी घटनाहरु त्यतिबेला बाहिर आए, जतिबेला ट्रम्पले महिला बारेमा छाडा शब्दहरु बोलेकोबारे टेलिभिजनमार्फत सबै अमेरिकी जनताले सुन्नेगरी जवाफ दिइरहेका थिए । त्यसो त डोनाल्ड सुरु देखि नै महिलाका विषयमा विवादित बन्दै आएका छन् ।

महिलाका विषयमा आफूले बोलेका कोरा शब्दहरु एक्शनमा कहिल्यै नआएको ट्रम्पले टेलिभिजनमा बताइरहँदा उनीबाट यौनजन्य हिंसाको शिकार बनेका अमेरिकी महिलालाई टेलिभिजनको स्क्रिन फुटाइदिन मन लागेको थियो ।

लिड्सका अनुसार ट्रम्पले उनका स्तन समाते । र, उनको स्कर्टमा हात हाल्ने कोसिस गरे । ‘उनी एक अक्टोपसजस्तै थिए, उनका हात मेरो शरीरका हरेक ठाउँमा थिए’ ।

यसक्रममा दुईटी महिलाले आफूमाथि ट्रम्पबाट भएको यौन हिंसाजन्य कार्य अमेरिकी मिडियामार्फत सार्वजनिक गरेका छन् । एक महिलाले चलिरहेको विमानभित्र ट्रम्पले आफ्ना स्तन समातेको र स्कर्टभित्र हात घुसार्न खोजेको बताएकी छिन् । अर्की महिलाले चाँहि ट्रम्प टावरमा आफूले उनको सामना गर्नुपरेको खुलासा गरेकी छिन् ।

ट्रम्पले महिलाहरुलाई विना अनुमति चुम्बन गरेको र गुप्तांग समातेको जस्ता आरोपहरु लागिरहेका बेला उनले पहिलो भिडियो स्क्यान्डलबारे जवाफ दिँदै दोस्रो प्रेसिडेन्टियल डिबेटमा टेलिभिजनमार्फत् भने कि ‘अहँ, मैले कहिल्यै त्यसो गरिँन ।’

डोनाल्डले दाबी गरेका थिए ः उनका त्यस्ता कोरा शब्दहरु ‘एक्शन’ मा कहिल्यै बदलिएका थिएनन् ।

लिड्सले आफूमाथि भएको यौन हिंसाको बारेमा कतै कम्प्लेन नगरे पनि ट्रम्प राष्ट्रपतिको उमेदवार बनेपछि आफूले यो विषयमा आफ्ना निकटस्थहरुलाई सुनाउन थालेको न्यूयोर्क टाइम्ससँग भिडियो अन्तरवार्तामा बताएकी छिन् ।

यस अघिको दोस्रो प्रेसिडेन्सियल बहसको केही घण्टा अघि डोनाल्डले दुई जना महिलालाई विल क्लिन्टनले बलात्कार गरेको भन्दै बोल्न लगाएर आएका थिए । तर पनि उनी निस्प्रभावी भए ।

आइतबार साँझ टीभीमा दोस्रो प्रेसिडेन्टियल डिबेट चलिरहँदा ७४ वर्षकी जेसिका लिड्स आफ्नै अपार्टमेन्टमा थिइन् । टीभीमा ट्रम्पको चेहेरा देखिपछि उनलाई स्क्रिन नै फुटाइदिऔं जस्तो लाग्यो । यद्यपि उनले टीभी फुटाइनन् ।

तीन दशकभन्दा पहिले लिड्स एउटा पेपर कम्पनीकी ट्राभलर व्यवसायी थिइन् । लीड्सले भनिन्, न्युयोर्कका लागि उडेको विमानको प्रथम श्रेणीको क्याबिनमा उनी ट्रम्पको बगलमा बसेकी थिइन् । उनीहरुको त्यसअघि कहिल्यै भेट भएको थिएन ।

लगभग ४५  मीनेटको उडान भर्ने क्रममा उनी अहिले सम्झन्छिन्ट्रम्पले कुम उचालेर उनलाई छुन सुरु गरे ।

लिड्सका अनुसार ट्रम्पले उनका स्तन समाते । र, उनको स्कर्टमा हात हाल्ने कोसिस गरे । ‘उनी एक अक्टोपसजस्तै थिए, लिड्सले अमेरिकी पत्रिका न्युयोर्क टाइम्ससँग भनिन् : उनका हात मेरो शरीरका हरेक ठाउँमा थिए ।  उनले ठानिन् कि विमानको पछिल्तिर जाऔं । ‘त्यो एउटा हमला थियो’ उनले भनिन् ।

लिड्स त्यसबेला ३८ वर्षकी थिइन् । उनी विमानको अर्कै सीटमा बसेकी थिइन् । तर, विमान परिचरले उनलाई फस्ट क्लासको खाली सीटमा बस्न भनेपछि उनी क्याबिनमा गइन्, जहाँ ट्रम्प थिए । आफूलाई ट्रम्पले अक्टोपसलेजस्तै समाउन थालेपछि उनी फुत्केर क्याबिनको सीटबाट पछाडिको सीटमा फर्किइन् ।

सुश्री लिड्सले आफू निकटस्थ करिब ४ मानिससँग यो कुरा बताइन् । उनीहरुले न्युयोर्क टाइम्सलाई यो कुरा बताए । त्यससँगै उनी रेकर्डमा कुरा गर्न तयार भइन् ।

राहेल क्रुक्स, जो त्यसबेला २२ वर्षकी थिइनन् । उनले सन् २००५ को एउटा बिहानीमा बिल्डिङ्गको लिफ्ट बाहिर ट्रम्पको सामना गर्नुपर्‍यो

आइतबार राति टीभीमा ट्रम्पले आफ्नो अभद्र बोली एक्शनमा परिणात नभएको बताइरहँदा ओहियोकी अर्की एक महिलालाई पनि यसले क्रुद्ध बनायो । उनी हुन्रा ः राहेल क्रुक्स ।

लिड्स
लिड्स

राहेल क्रुक्स, जो त्यसबेला २२ वर्षकी थिइनन् । उनी त्यसबेला ट्रम्प टावरमा बायरक ग्रुपको रियल स्टेट इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीमा रिसेप्सनिस्ट थिइन् । क्रुक्सले सन् २००५ को एउटा बिहानीमा बिल्डिङ्गको लिफ्ट बाहिर ट्रम्पको सामना गर्नुपर्‍यो ।

उनको कम्पनीले ट्रम्पसँग व्यापार गरेको गरेको थियो । लिफ्ट बाहिर भेट हुँदा उनले आफैं परिचय गरिन् । उनीहरुले हात मिलाए । तर, ट्रम्प त्यहाँबाट गएनन्, उनले अहिले पुरानो कुरा सम्झँदै भनिन्( ‘उसले सीधै मेरो मुखमा चुम्यो । यो कुनै दुर्घटना थियो भन्ने महसुस हुँदैन, यो हिंसा हो भन्ने महसुस हुन्छ ।’

यो अति नै अनुचित कार्य थियो । क्रुक्सले एक अन्तरवार्तामा भनिन्( ‘म यति हैरान भएँ कि उसले सोच्यो, म यति निरीह थिएँ, उसले मलाई जे पनि गर्न सक्छ  ।’

क्रुक्स आफ्नो कुर्सीमा फर्केर आइन् र तत्कालै आफ्नी दिदी ब्रियान्ने वेबलाई बोलाइन् । ओहियो एउटा सानो सहर, जहाँ उनीहरु हुर्केका थिए, उनले जे भएको हो, सबै आफ्ना कुराहरु दिदीलाई सुनाइन् ।

दिदीले उनलाई यो १६ सय मानिसहरु बस्ने ठाउँमा गालामा कसैले किस गर्छ भने सामान्य हो भन्दै सोधेकी थिइन् कि तिमी पक्का छ्यौ, उसले गालामा किस गर्न खोजेको होइन रु’ उनको जवाफ थियो, ‘होइन, उसले मेरो मुखमा किस गरेको हो । र, यो सामान्य होइन ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com