उपराष्ट्रपतिलाई चिनियाँ उपराष्ट्रपतिको बधाई, चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो


प्रकाशित मिति : चैत्र ६, २०७४ मंगलबार

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले बधाई दिएका छन् ।

नवनिर्वाचित चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले सोमबार पद तथा गोपनियताको सपथ लिएका उपराष्ट्रपति पासाङलाई चिनियाँ राजदूत यु होङमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

चिनियाँ उपराष्ट्रपतिको बधाई सन्देश लिएर पुनलाई भेट्न नेपालका लागि चीनका राजदूत यु होङ मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय पुगेकी थिइन् ।

उपराष्ट्रपतिसँगको भेटमा राजदूत होङले चीनका उपराष्ट्रपति, चीन सरकार र आफ्नो तर्फबाट बधाई तथा शुभकामना दिए ।

भेटमा उपराष्ट्रपतिले आफू दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुँदा बधाई दिएकोमा चीनका उपराष्ट्रपति, चीन सरकार र नेपालका लागि चिनियाँ राजदूतलाई धन्यवाद दिए ।

उनले चीनका नवनिर्वाचित उपराष्ट्रपतिलाई आफूले यसअघि नै बधाई दिएको स्मरणसमेत गरे ।

भेटमा उनले नेपाल चीन सम्बन्ध दिनप्रतिदिन प्रगाढ बन्दै गइरहेको उल्लेख गर्दै चीनले अगाडि सारकोको नयाँ अवधारणा बेल्ट एण्ड रोड एनिसियटिभ (बिआरआई)को प्रशंसा गरेका थिए ।

साथै उपराष्ट्रपतिले पासाङले चीनका राष्ट्रपतिलाई स्वागत गर्न नेपाली जनता आतुर रहेको बताउँदै छिट्टै भ्रमण हुने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपतिसँगको भेटमा चीनका राजदूत होङले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको बताइन् ।

उनले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको चीन अत्यन्त खुशी रहेको उल्लेख गर्दै नेपालको विकास गर्ने साझा प्रयासमा चीन अग्र मोर्चामा सहयोगी रहने बताइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com