Follow @khasokhasmag

पूर्व गृहमन्त्री खड्का सवार गाडी दुर्घटना


प्रकाशित मिति : चैत्र ४, २०७४ आईतबार

पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्का सवार गाडी दुर्घटना भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको खड्का सवार बा १५ च ८३५४ नम्बरको गाडी आइतबार अपराह्न रत्न राजमार्गअन्तर्गत मसिना भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

गाडी भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा खड्काका अंगरक्षक सञ्जिव आचार्य गम्भीर घाइते हुनुभएको छ भने पूर्वमन्त्री खड्काको गर्धन र खुट्टामा सामान्य चोट लागेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

घाइते खड्का र आचार्यको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com