आज घोडेजात्रा पर्व काठमाडौं उपत्यकामा मनाइँदै


प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार

आज चैत कृष्ण चतुर्दशी अर्थात घोडेजात्रा पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

यो पर्व काठमाडौं उपत्यकाको प्रचलित प्राचीन जात्रा मध्येको यो पनि एक जात्रा हो ।

बिगतदेखि टुंडिखेलमा बर्सेनी नेपाली सेनाले घोडेजात्राको आयोजना गर्दछ भने ललितपुरको पाटनमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाइन्छ ।

घोडेजात्राकै अवसरमा नेपाली सेनाले टुंडिखेलमा विशेष कार्यक्रम गर्ने बताएको छ ।

कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरीका जवानहरुले घोडादौड तथा अश्वकला प्रदर्शन गर्ने छन् ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगिहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम छ ।

परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा पर्व मनाइएको पाइन्छ ।

अर्को किंवदन्तीअनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर अश्वयात्रा गरी नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घोडे जात्राको अघिल्लो दिन चैत कृष्ण चर्तुदशीलाई पिशाच चतुर्दशीका रुपमा समेत लिइन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com