अमेरिकामा एसाइलम योग्यतामा कडाई गरिदै


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

अमेरिकामा ट्रम्प प्रशासनले एसाइलम प्राप्तीमा थप सिमाबन्दीहरु लगाउने कदम चाल्ने भएको छ । ट्रम्प प्रशासनको यस्तो कदमसँगै अध्यागमन वकिलहरुले देशमा असुरक्षित भएर अमेरिका आउने हजारौंलाई उनीहरुकै देशमा फिर्ता पठाइन सकिने चेतावनी दिएका छन् ।

महान्याधिवक्ता जेफ सेसनले एसाइलमका लागि योग्य हुने सम्बन्धको कानुनलाई नयाँ आकार दिनका लागि आफ्नो अधिकारको प्रयोग गर्ने सुरु गरेका छन् । उनले कतिसम्मको त्रासलाई एसाइलम पाउनका लागि योग्य मान्ने भन्ने विषयमा पुनमुल्यांकन गरिरहेका छन् । साथै उनले एसाइलमका मुद्दामा जालसाजी भएको भन्दै नियन्त्रणका लागि अधिकार प्रयोग गर्न सुरु गरेका छन् । यसै क्रममा उनले बोर्ड अफ इमिग्रेशन अपिलमा रहेका दुईवटा एसाइलमका मुद्दामा आफैले हस्तक्षेप गरेका छन् ।

अमेरिकी अध्यागमन कानुनको व्ययाख्या गर्ने अधिकार अमेरिकी अध्यागमन अदालतहरुले महान्यायाधिवक्तालाई दिने कदमबाट अमेरिकामा एसाइलममा अझ कडाई हुने बताइएको छ । बोर्ड अफ इमिग्रेशन अपिलका दुईवटा एसाइलमका निर्णयहरु आफूसमक्ष रिफर गर्ने अधिकारको सेसनले प्रयोग गरेपछि अध्यागमनका क्षेत्रमा त्रास फैलिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com