हनिमुन मनाउन आएका जोडी समेत परे विमान दुर्घटनामा यस्तो थियो अन्तिम फेसबुक स्टाटस ( फोटो सहित )


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा काठमाडौं आउँदै गरेका यात्रुले ढाकाबाट उड्नुअघि सामाजिक संजालमा पोस्ट गरेका स्टाटसका स्क्रिनसट सार्वजनिक भएका छन् ।

बंगलादेशी नागरिक राजु रहमानले ती यात्रु सकुशल रहुन् भन्ने कामनासहित ट्वीटरमा ती स्क्रिनसटहरु शेयर गरेका छन् । उनले शेयर गरेका स्क्रिनसटमा उल्लेख भएअनुसार ती युगल जोडीहरु कोही हनिमुन त कोही आफ्ना प्रियजनका साथ घुम्न आउँदै थिए ।

हेर्नुहोस् स्क्रिनसटहरु –

एउटै कलेजका १९ नेपाली विद्यार्थी थिए विमानमा, साथीले सार्वजनिक गरिन् नामको लिस्ट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थिलमा भएको युएस बंगला एयरलाइन्सको विमानमा विदा मनाउन नेपाल आएका १९ मेडिकल कलेजका विद्यार्थी रहेको खुलासा भएको छ।

उनीहरु सबै बंगलादेशको सिलेटस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिलमा अध्ययन एक मेडिकल कजेलमा अध्ययन गर्दै आएका नेपाली विद्यार्थी हुन्। उनीहरु एक महिले विदा मनाउन बंगलादेशबाट नेपाल प्रस्थान गरेको त्यही कलेजमा अध्ययनरत नेपाली विद्यार्थी आकृती कार्कीले ट्वीट मार्फत जानकारी दिएकी हुन्।

उनले १९ जना मध्ये १३ जना नेपाली विद्यार्थीको नाम पत्ता लगाउन सकेको भन्दै ट्वीट् मार्फत जानकारी दिएकी छिन्। उनले दुर्घटना ग्रस्त विमानमा सञ्जय पौडेल, सञ्जया महर्जन, निगा महर्जन, एञ्जिला श्रेष्ठ, पूर्णिमा लोहनी, श्वेता थापा, नीली महर्जन, सरुना श्रेष्ठ, एल्जिना बराल, चारु बराल, समिरा व्यञ्जनकार, आस्मा शाक्य र पिंकी धामी सवार रहेको उल्लेख गरेकी छिन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com