भूकम्पपीडितलाई रकम अभावको कारण देखाउँदै बैंकले अनुदान रकम दिएन


प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार

भूकम्पबाट घरको क्षति बेहोरेका पीडितलाई रकम अभावको कारण देखाउँदै यहाँका बैंकले रकम उपलब्ध गराउन मानेका छैनन् ।

विदुर नगरपालिका–३ देवीघाटमा रहेको लुम्बिनी विकास बैंकले रकम अभावको कारण देखाउँदै लाभग्राहीको खातामा एक महिना अघि जम्मा भएको रकम अझै दिएको छैन ।

सो बैंकले रकम वितरणको जिम्मा पाएको जिलिङ, खङभञ्याङ, गोस्र्याङ र विदुरनगरपालिका– ७ का प्रभावितले आवास निर्माणको प्रक्रिया पूरा गरी दोस्रो र तेस्रो किस्ताको रकम खातामा आएको एक महिना हँुदा पनि बैंकले रकम रोकेर दुःख दिएको लाभग्राहीले गुनासो गरेका छन् ।

बैंकले पछि आउनुभन्दै पटक÷पटक फर्काउने गरेको पीडितले गुनासो गरेका छन् ।

प्रभावितले आवास निर्माण अनुदानको दोस्रो किस्ताको रकम आएको एक महिना भइसकेको र बैंकले रकम दिने तालिका सार्वजनिक गरी तोकिएको मितिमा आउँदा रकम अभावको कारण देखाउँदै फर्काएर पीडितलाई दुःख दिएको तार्केश्वर गाउँपालिका–४ वडासचिव चन्द्रनिधि घिमिरेले बताउनुभयो ।

“बैंकसँगको समन्वयमा लाभग्राहीलाई रकम लिन पठाउँदा बैंकले रकम दिन नमानेपछि पीडत अहिले वडाकार्यालयप्रति आक्रोशित बनेका छन्,” उहाँले भन्नुभयो,– “बैंकले अन्य सेवाग्राहीलाई नगद दिँदै आए पनि भूकम्पपीडितलाई भने दिएको छैन ।”

तीन पटकसम्म पुग्दा पनि रकम नदिएको बेलकोटगढी नगरपालिका–९ बाखखोरका सूर्यबहादुर तामाङले बताउनुभयो ।

“वडा कार्यालयले खातामा रकम आइसकेको भनेपछि निकाल्न जाँदा रकम छैन भनेर फिर्ता पठायो,” उहाँले भन्नुभयो, “लाभग्राहीले बैंक घेरेपछि काठमाडौँको चेक दिएर पठायो, अब निकाल्न जाँदा खर्च पनि बढी, निकालेको पैसा कसरी बचाएर ल्याउने भन्ने चिन्ता छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लुम्बिनी विकास बैंक देवीघाट शाखाका प्रबन्धक अनिल ढकालले यहाँका बैंकमा रकम अभाव भएकाले उपलब्ध गराउन नसकेको बताउनुभयो । रकम अभावको अवस्था सुधार हँुदै आएकाले चैतमा उपलब्ध गराउन सकिने ढकाल बताउनुहुन्छ ।

सरकारले समयसीमा निर्धारण गरी प्रभावितलाई तोकिएको समयभित्रै घर बनाउन दबाब दिँदै आए पनि अनुदानको रकम समयमै नपाउँदा पुनःनिर्माण कार्यलाई तीव्रता दिन कठिनाइ भएको भूकम्पपीडितले बताएका छन् । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com