प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप


प्रकाशित मिति : फाल्गुन २७, २०७४ आईतबार

वाम गठबन्धनको बैठकले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

नयाँ बानेश्वर संसद भवनमा दिउँसो १२ः३० बजे बसेको एमाले र माओवादीको सयुक्त बैठकले सबै सांसदलाई प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै सांसदलाई प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गर्नुभएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com