जन्ती बोकेको ट्याक्टर दुर्घटना, २५ घाइते


प्रकाशित मिति : फाल्गुन २७, २०७४ आईतबार

फागुन २७, मोरङ । मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आइतबार बिहान जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २ त २०३७ नम्बरको ट्याक्टर बिहान २.३० बजे सडकदेखि चार फिट तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २३ जनाको अवस्था सामान्य रहेको छ।

घाइतेहरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। रासस

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com