प्रतिनिधि सभाको सभामुखका लागि महरा निर्विरोध


प्रकाशित मिति : फाल्गुन २६, २०७४ शनिबार

नेकपा माओवादीका कृष्णबहादुर महरा संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको सभामुखका लागि निर्विरोध निर्वाचित भएका छन् ।

तर, घोषणा भने भोली हुनेछ ।

महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् ।

उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सभामुखमा उम्मेदवारी दिएन ।

कांग्रेसले उम्मेदवारी नदिने भएपछि माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध सभामुख भएका छन् ।

सभामुखको निर्वाचन फागुन २६ गते हुँदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com