कृषि सडकका लागि दार्चुलामा एक करोड ५० लाख रुपैयाँ रकम विनियोजन


प्रकाशित मिति : फाल्गुन २४, २०७४ बिहीबार

फागुन २४, दार्चुला । यो वर्ष जिल्लामा कृषि सडक निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ रकम विनियोजन भएको छ। स्थानीय यातायात पूर्वाधार क्षेत्र कार्यक्रमअन्तर्गत निर्माणाधीन तीनवटा सडकका लागि उक्त रकम प्राप्त भएको हो।

जिल्ला समन्वय समितिमार्फत जिल्ला प्राविधिक कार्यालयलाई प्राप्त भएको अख्तियारीबाट यो वर्षको बजेट खर्च हुने प्राविधिक कार्यालयका इन्जिनियर मदनराज जोशीले बताए। विगतदेखि निर्माण भइरहेका प्रमुख सडकमा यो वर्षको बजेट खर्च हुने भएको छ। गोकुलेश्वरदेखि बोहरीगाउँ र रिठाचौपाता जोड्ने सडक, होपरी–सिप्टी सडक र धाप–निसिल सडक निर्माणका लागि बजेट विनियोजन भएको छ।

जिल्ला समन्वय समिति दार्चुलाको फागुन १५ गते बसेको बैठकले गोकुलेश्वर–रिठाचौपाता सडक र गोकुलेश्वर–बोहरीगाउँ सडकमा २५र२५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। होपरी–सिप्टी सडक र धाप–निसिल सडकमा ५०र५० लाख रुपैयाँ बजेट केन्द्रबाटै तोकिएर आएको जिल्ला समन्वय समिति प्रमुख करवीरसिंह कार्कीले बताए। गोकुलेश्वरदेखि रिठाचौपाता र बोहरीगाउँ जोड्ने सडकका लागि एकमुष्ट विनियोजन भइआएकोमा दुवै क्षेत्रलाई जोड्ने सडकमा समान बजेट बाँडिएको उनले बताए।

हालसम्म गोकुलेश्वरदेखि १७ सय मिटर अगाडिसम्मको सडक निर्माण भइसकेको छ। रिठाचौपाता जोड्ने सडक भने उक्त विन्दुबाट पाँच सय मिटर मात्रै निर्माण गरिएको छ। होपरी–सिप्टी सडक अहिले नौगाड गाउँपालिकाले निर्माण गरिरहेको छ। गाउँपालिकाको बजेटबाट उक्त क्षेत्रमा काम भइरहेको र एक किलोमिटर लामो सडक निर्माण भइसकेको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए।

जिल्ला समन्वय समिति दार्चुलाले गोकुलेश्वर–रिठाचौपाता सडक र गोकुलेश्वर–बोहरीगाउँ सडकमा २५र२५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। होपरी–सिप्टी सडक र धाप–निसिल सडकमा ५०र५० लाख रुपैयाँ बजेट केन्द्रबाटै तोकिएर आएको छ।

जिल्ला प्राविधिक कार्यालयको बजेटबाट यस सडकमा यस वर्ष ५० लाख रुपैयाँ खर्च गरेर काम गरिने भएको छ। धाप–निसिल सडकमा हालसम्म तीन किलोमिटर सडक निर्माण भइसकेको छ। यो वर्ष ५० लाख बजेट छ। चारवटै सडक निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाइने निर्णय भएको जिल्ला समन्वय समिति प्रमुख करवीरसिंह कार्कीले बताए।

सात नम्बर प्रदेशको सबैभन्दा ठूलो जलविद्युत् आयोजना चमेलियाबाट दार्चुलामा तीन महिनाभित्र विद्युतीकरण गरिने भएको छ। माघ २७ गते चमेलिया जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन गरिएकोमा आयोजनास्थलवरपरको क्षेत्रमा विद्युत् सेवा विस्तारको आवाज उठेको थियो। त्यो आवाज त्यहीँ सीमित भए पनि स्थानीय आमरण अनसनमा बसेका हुन्।

लामो समय लगाएर निर्माण सम्पन्न भएको चमेलियाले देशलाई विद्युत् दिए पनि स्थानीयलाई सेवा पु¥याउन नसकेकोमा नेपाल विद्युत् प्राधिकरणले सम्बोधन गर्न लागेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चमेलियावरपरका क्षेत्रमा तत्काल विद्युत् सेवा विस्तार गर्न चासो देखाएका छन्। चमेलियाको उद्घाटनलगत्तै कार्यकारी निर्देशक घिसिङले विद्युत् विस्तारका लागि बजेट व्यवस्थापन गराएका थिए।

तत्काल विद्युत् विस्तारको कार्य गर्न ९८ लाख रुपैयाँ बजेट प्राप्त भएको विद्युत् प्राधिकरणको दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाहले बताए। ‘बजेट प्राप्त भएको छ, फागुन महिनाभित्रै टेन्डर प्रक्रियामा जाँदैछौ’, दार्चुला वितरण केन्द्र प्रमुख शाहले भने। यो बजेटबाट शैल्यशिखर नगरपालिका र बैतडीको डिलाशैनी गाउँपालिका क्षेत्रमा विद्युत् विस्तार गरिने उनले जानकारी दिए।

फागुनभित्रै टेन्डर निकालिने र सम्झौता भएको तीन महिनाभित्र विद्युत् विस्तारको काम सम्पन्न गरिने उनले बताए। चमेलियावरिपरीका सबै क्षेत्रमा विद्युत् विस्तारका लागि थप बजेट चाहिने वितरण केन्द्र प्रमुख शाहको भनाइ छ। प्राधिकरण केन्द्रबाट बजेट आएलगत्तै आफूले फिल्ड भ्रमण गरेको र लागत इस्टिमेट तयार भइरहेको शाहले बताए।

प्राधिकरणबाट प्राप्त बजेटले चार सय ५० विद्युत्का पोल गाडिनेछन् भने ११ केभीएको १० किलोमिटर प्रशारण लाइन विस्तार गरिनेछ। २० किलोमिटर शाखा लाइन विछ्याइनुका साथै आठवटा ट्रान्सफर्मर राखिनेछन्। २५ र ५० केभीए क्षमताका ट्रान्सफर्मर राखिने वितरण केन्द्र प्रमुख शाहले जानकारी दिए।

टेन्डर प्रक्रियाको तयारी भइरहे पनि दार्चुला वितरण केन्द्रले चमेलिया क्षेत्रमा एक सय विद्युत्का पोल पठाइको छ। तत्काल ९८ लाख बजेट रहे पनि दुई करोड बजेटको टेन्डर खोलिने केन्द्र प्रमुख दयाराम शाहले बताए। चमेलियाको उद्घाटनमा तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा र उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले स्थानीयबासीलाई तत्काल विद्युत् सेवा उपलब्ध गराइने बताएका थिए। राजनीतिक नेतृत्वको भाषणबाट आशावादी नबनेका स्थानीय प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने केही गर्छन् भन्ने आशमा छन्।

घिसिङले चमेलिया आयोजनास्थलवरपरको माग र आवश्यकतालाई प्राथमिकता दिएको पछिल्लो बजेट व्यवस्थापनले देखाएको छ। चमेलिया जलविद्युत् आयोजनास्थल बलाँचलगायत नदी किनारका क्षेत्रमा विद्युत् सेवा पुग्न सकेको छैन। चमेलिया र नौगाड खोलाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारण लाइनमार्फत केन्द्रीय ग्रिडमा भने जोडिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com