जापानको सेल्फ डिफेन्स फोर्समा पहिलोपटक महिला कमान्डर


प्रकाशित मिति : फाल्गुन २४, २०७४ बिहीबार

सेनामा महिला नेतृत्व बृद्धि गर्ने अभिप्रायले जापानी नौसेनाले लडाकु जहाजका साथै इजुमो हेलिकप्टर वाहाकका लागि मंगलबार पहिलो महिला कमान्डर नियुक्त गरेको छ ।

रोको एजुमाले ३० जना महिलासहित १००० जना समुहको चारवटा जहाजको नेतृत्व गर्नेछिन् र यो जापानी सेल्फ डिफेन्स फोर्सको पहिलो इस्कर्ट श्रेणी हुनेछ । ४०० जना जहाज चालक उपस्थित रहेको कमान्ड परिवर्तन कार्यक्रममा एजुमाले आफु महिला भएपनि कमान्डरको रुपमा आफ्नो काम कर्तव्य पुरा गर्ने बताइन् । १९९६ मा उनले नौसेना प्रवेश गर्दा महिलाहरुलाइ युद्ध जहाजमा जान रोक लगाइएको थियो र यस नियमलाइ नौसेनाले १० वर्ष अघि परिवर्तन गरेको थियो भने सब्मेरिनमा भने अहिलेपनि पुरुषलाई मात्र नियुक्त गरिन्छ । जापानमा जनशक्तिको अभावका कारण जापानी सेनाले महिलालाई पनि प्रवेश दिन थालेको हो ।

२०३० सम्ममा सेल्फ डिफेन्स फोर्सले हवाइ , जल तथा स्थल सेनामा महिलाको संख्या ९ प्रतिशत अर्थात १४ हजार पुर्याउने योजना बनाएको छ । एजुमा वाहेक मेरिटाइम सेल्फ डिफेन्स फोर्सका वरिष्ठ महिला अधिकारीमा चार जना कप्तान र एकजना लजिस्टिक्स इन्चार्ज एडमिरल रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com