डिभीको नतिजा चेक गर्न वेवसाइट खुलेन ? अपनाउनुहोस् यी तीन तरिका


प्रकाशित मिति : बैशाख २२, २०८१ शनिबार

person sitting front of laptop

डिभीको नतिजा चेक गर्न वेवसाइट खुलेन भने तपाईले यी तीन तरिका अपनाउन सक्नुहुनेछ । एकैपटक लाखौं व्यक्ति वेवसाइटमा प्रवेश गर्दा वेवसाइट खुल्नमा ढिलाई भएका कारण कतिपय व्यक्तिले आफूलाई डिभी लोटरी परे नपरेको थाहा पाउन सकेका छैनन् ।

यदि तपाई पनि त्यस्तो समस्या भोग्नुभएको छ भने तपाईले केही तरिका अपनाउन सक्नुहुनेछ । यदि तपाईले मोबाइल डिभाइसबाट डिभी लोटरीको नतिजा चेक गर्ने प्रयास गर्नुभएको छ र वेवसाइट लोड हुनमा ढिलाई भएको छ भने तपाईले ल्यापटप वा डेस्कटपको प्रयोग गर्न सक्नुहुनेछ ।

कहिलेकाहीँ, वेबसाइटहरूमा र मोबाइल उपकरणहरूमा फरक अनुकूलता वा प्रतिक्रिया समस्याहरू हुन्छन् । तिनीहरूलाई कम्प्युटरबाट पहुँच गर्दा राम्रो अनुभव प्राप्त हुन सक्छ। वेवसाइट लोड हुन समस्या भएको बेला तपाईले हाइस्पीड इन्टरनेटको प्रयोग गर्नुपर्ने हुनसक्छ ।

यदि तपाई डाटाबाट वेवसाइट खोलिरहनुभको छ भने राम्रो स्पीड भएको वाईफाईबाट प्रयास गर्न सक्नुहुनेछ । यदि तपाईको वाईफाई कमजोर छ तर मोबाइल डाटा हाइ स्पीडको छ भने मोबाइल डाटाबाट पनि चेक गर्न सक्नुहुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै तपाईले अर्को भूगोलबाट पनि डिभी परे नपरेको चेक गर्न सक्नुहुनेछ । खासगरी एसियाका देशहरुबाट धेरै व्यक्ति डिभीमा सहभागी हुने र चेक गर्नेहरु धेरै हुने भएकाले तपाईले युरोप वा अमेरिकाबाट चेक गर्न सक्नुहुनेछ ।

त्यसका लागि तपाईले युरोप वा अमेरिकामा हुने चिनेजानेको कोही व्यक्तिको ल्यापटप वा डेस्कटपमा रिमोट पहुच कायम गरेर चेक गर्न सक्नुहुनेछ वा उनीहरुलाई आफ्नो कन्फर्मेशन नम्बर, जन्मबर्ष र थर दिएर पनि चेक गर्न लगाउन सक्नुहुनेछ । तर यसरी आफ्नो विवरण दिंदा दुरुपयोग हुनसक्ने तर्फ सचेत हुनुपर्छ ।

याद गर्नुहोस्, डिभी लोटरी परे नपरेको चेक गर्ने एकमात्र तरिका भनेको अमेरिकी सरकारको आधिकारिक वेवसाइट dvprogram.state.gov/ESC मात्र हो । अरु कुनै थर्ड पार्टी वेवसाइट वा ठगीका वेवसाइटहरु प्रयोग नगर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com