विप्लवले माखो मार्दैनन् : प्रचण्ड


प्रकाशित मिति : फाल्गुन २२, २०७४ मंगलबार

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विप्लवले कुनै क्रान्ति गर्न नसक्ने बताएका छन् ।नयाँ शक्ति पार्टी नेपालका नेता खिमलाल देवकोटालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै प्रचण्डले क्रान्ति कसरी गर्नुपर्छ भन्ने आफुलाई राम्रोसँग थाहा भएको बताए ।

‘केही साथीहरुले क्रान्ति गर्न रहर गरेका छन् । उनीहरुले माखो मार्दैनन् ।’ प्रचण्डले विप्लवको नामै नलिई भने ।

माओवादीको मूल नेतृत्वले क्रान्ति र जनयुद्धलाई धोका दिएको भन्दै विप्लव नेतृत्वके नेकपाले ‘एकीकृत क्रान्ति’ को सिद्धान्तअगाडि सारेको छ ।प्रचण्डले अहिले सवै कम्युनिष्ट एक हुने बेला आएको पनि बताए । ‘समाजवादमा जाने हो भने सवै कम्युनिष्ट एक हुनुपर्छ । नक्कली सक्कली बनेर हुँदैन ।’ प्रचण्डले भने, ‘भित्रै बहस गरेर को ठीक को बेठीक भन्ने थाहा हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com