सिरियाको टीपीएस पुनदर्ता सुरु, नेपालबारे निर्णय डेढमहिनाभित्र


प्रकाशित मिति : फाल्गुन २१, २०७४ सोमबार

सिरियाको टीपीएस अवधि सन् २०१९ को सेप्टेम्बर ३० सम्म थपिएपछि आवेदकहरुको पुनदर्ता अवधि सुरु भएको छ । आफ्नो टीपीएसको अवधि सन् २०१९ को सेप्टेम्बर ३० सम्म लम्बाउन चाहनेहरुले मार्च ५ देखि आगामी मे ४ सम्म पुन आवेदन दिनुपर्नेछ ।

पुनदर्ता प्रकृया, वर्क परमिटको नविकरण लगायतका विषयमा फेडेरल रजिष्टरमा विस्तृत विवरण प्रकाशित गरिएको छ । सबै आवेदकले फर्म आई ८२१ र वर्क परमिट चाहनेहरुले फर्म आई ७६५ भरेर युएससीआईएसमा बुझाउनुपर्नेछ । दुबै फर्महरु अनलाइनमा निशुल्क उपलब्ध छन् ।

तोकिएको समयमा आवेदन पुन दर्ता गराउनेहरुका सन्दर्भमा र वर्क परमिटका लागि आवेदन दिनेहरुलाई युएससीआईएसले सन् २०१९ सेप्टेम्बर ३० सम्मको म्याद भएको वर्क परमिट जारी गर्नेछ । मार्च ३१ मा सकिने वर्क परमिटको म्याद आगामी सेप्टेम्बर २७ सम्म भने स्वत थपिनेछ ।

अमेरिकी सरकारले नेपालको टीपीएसबारे भने आगामी डेढमहिनाभित्र निर्णय लिने भएको छ । नेपालको टीपीएस थप गराउनका लागि अमेरिकामा रहेको नेपाली समुदायका तर्फबाट पनि पहल भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com