भारतीय महिला पत्रकारको हत्यामा संलग्न भएको अभियोगमा नेता पक्राउ


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

एक महिला पत्रकारको हत्यामा संलग्न भएको अभियोगमा भारतीय प्रहरीले एक राजनितीज्ञलाई पक्राउ गरेको छ ।

उहाँको हत्यारालाई कारबाही गर्न माग गर्दै गत बर्ष केहीदिन देशैभरी विरोध प्रदशर्न भएको थियो ।

भारतीय महिला पत्रकार ५५ बर्षीया गौरी लंकेश भारतको हिन्दु राष्ट्रवादको चर्को आलोचक हुनुुहन्थ्यो ।

सन् २०१७ को सेम्टेम्बर ५ तारिखका दिन उहाँलाई कर्नाटक राज्यको राजधानी बेङगालुरुस्थित आफ्नै घर बाहिर गोली हानी हत्या गरिएको थियो । हेलमेटसहित मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले उहाँलाई गोली प्रहार गरेका थिए ।

हत्यारा खोज्नका लागि खटाइएको विषेश टोलीले शुक्रबार के.टी. नविन कुमारलाई पक्राउ गरेको अधिकारीहरुले जनाएका छन् ।

पक्राउ परेका व्यक्ति स्थानीय हिन्दुवादी नेता रहेको प्रहरी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com