Follow @khasokhasmag

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुँडीखेलमा ‘गार्ड अफ अनर’ दिने


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

सोमबार नेपाल आउन लागेका पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीलाई सरकारले सैनिक मञ्च टुँडीखेलमा ‘गार्ड अफ अनर’ दिने भएको छ ।

यसअघि विदेशी उच्चस्तरीय पाहुनालाई विमानस्थलमै गार्ड अफ अनर दिने प्रचलन थियो ।

दुई दिने भ्रमणमा नेपाल आउन लागेका अब्बासीले भ्रमणको पहिलो दिन नै प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नेछन् भने मंगलबार स्वदेश र्फकनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।

सोमबार अपरान्ह विमानस्थलमा ओर्लने पाकिस्तानी प्रधानमन्त्री त्यहाँबाट सोझै टुँडीखेलमा आउनेछन् ।

टुँडीखेलमा उनलाई प्रधानमन्त्री ओलीले स्वागत गर्नुका साथै सैन्य टुकडीबाट गार्ड अफ अनरको सम्मान दिइने छ । बस्ने व्यवस्था हयात होटलमा मिलाएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com