लमजुङको तुर्लुङकोटमा होमस्टे सञ्चालनमा


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

होमस्टे पछिल्लो समय नेपालको पर्यटकीय परिवेशको अनिवार्य अंग झै बनेको छ ।

आन्तरिक र वाह्य पर्यटकले रोजेको पर्यटकीय प्रसंग पनि एक हो यो । नेपालका धेरै जिल्लामा सुरु भइसकेको यो चलन लमजुङका अधिकांश रमणीय गाउँको संस्कार नै बनेको छ ।

लमजुङका थुप्रै रमणीय गाउँमा अहिले होमस्टे सञ्चालनमा छन् । घलेगाउँ, भुजुङ, काउलेपानी, पसगाउँ, भुष्मे, राईनासकोट लगायतका गाउँमा होमस्टे सञ्चालनमा छन् । घले, मगर, तामाङ, गुरुङ समुदायले होमस्टे चलाउँदै आएका छन् ।

गाउँलेले यसै व्यवसायबाट मनग्य कमाईरहेका छन् । लमजुङको ऐतिहासिक स्थल तुर्लुङकोटमा पनि होमस्टे सञ्चालन गरिएको छ । दुरा समुदायको बाहुल्यता रहेको सुन्दरबजार नगरपालिका–११, तुर्लुङकोट भाँगुमा होमस्टे सञ्चालन गरिएको हो ।

सुरुवातको चरणमा ६ घरमा मात्रै होमस्टे चलाईएको छ । ४ घरमा होमस्टे पूर्वाधार निर्माणको काम भईरहेको छ । तुर्लुङकोटका सिजन दुराले दश दुई जोडसम्मको अध्ययन पूरा गरेका छन् ।

उनका साथीसंगी कोही विदेश त कोही बिभिन्न रोजगारीमा आवद्ध भएपनि उनले गाउँमै बसेर केही गर्न सक्ने सोंचका साथ होमस्टे सञ्चालनमा ल्याएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com