नेपाल फर्किएर फोहोर र मोहर चिन्न सिकाउछु


प्रकाशित मिति : फाल्गुन १९, २०७४ शनिबार

जापान भ्रमणमा रहेका ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जनले नेपाल फर्किएर फोहोर र मोहर चिन्न जनतालाई सिकाउन आफु सक्षम भएको बताएका छन।

नेवा अन्तराष्ट्रिय फोरम जापानको आयोजना भएको अन्र्तक्रिया तथा भेटघाट कार्यक्रममा मेयर महर्जनले आफुलाई विदेश धेरै गएको आरोप लागे पनि विदेश भ्रमणबाट धेरै कुरा सिकेको दावी गरे।

जापान सरकारको वातावरण मन्त्रालयको निमन्त्रणामा टोकियो आईपुगेका मेयर महर्जनले यसपटकको भ्रमणमा आफुले जनतालाई समेत सिकाउन मिल्ने जानकारी लिएको दावी गरे।

नागरिक सचेत नहुन्जेल नेपालमा फोहोर व्यवस्थापन गर्न नसकिने तथ्य सार्वजानिक गर्दै मेयर महर्जनले जनतालाई अब नेपाल गएर फोहोर र फोहोरबाट बन्ने मोहर चिनाउन सिकाउने बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जापान जस्तो १२ करोड वढी जनसख्या भएको मुलुकमा उच्च प्रविधियुक्त फोहोर व्यवस्थापन गरेको स्थलगत अध्ययन गरेको दावी गर्दै उनले भने ‘म जापान घुम्न आएको होईन हरेक पटक केही न केही सिकेर गएको छु ।’

पहिलो पटक जापान आउदा जोखिम व्यवस्थापन विषयमा जानकारी लिएर गएको र भूकम्प पछिको अवस्थामा कसरी व्यवस्थापन वारेमा जनस्तरमा जानकारी गराएको दावी गरे।

सरकारले नयाँ कानुन वमोजिम कर्मचारी व्यवस्थापन तथा अन्य योजनाको कार्यान्वयन गर्न नसकिएका कारण महानगरपालिकामा विकास र सुधारका कार्यक्रम प्रभावकारी कार्यान्वयन नभएको स्वीकार गरे।

कार्यक्रममा सहभागि काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खडगीले स्थानियस्तरमा हुने विकास र परिवर्नत कार्यान्वयनका लागि जनस्तरसम्म कानुनको कार्यान्वयन नभएसम्म प्रभावकारी नहुने दावी गरिन। जनस्तरमा चेतना जगाउने र परिवर्नत आत्मसाथ गराउन कडा कानुननै बन्नुपर्ने आवश्यकता रहेको उनको भनाईथियो।

समारोहमा जापानका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले जापान सरकारले नेपालको विकासका लागि उच्चस्तरिय अध्ययन भ्रमणलाई तिव्रता दिएको जानकारी गराउदै यस अवसरको सही रुपमा फाईदा उठाउन जापानवासी नेपालीहरुमा आग्रह गरे।

जापानको उच्चस्तरिय प्रविधि उपयोगलाई नजिकबाट नियालेर नेपालमा कार्यान्वयनका लागि तत्पर रहन आग्रह गर्दै कार्यवाहक राजदूत अर्यालले जापानमा रहदाँ नेपालीहरुको दैनिकी र आनिवानीमा समेत व्यापक सुधार गर्नुपर्ने आवश्यकता औल्याउनु भयो।

नेवा अन्तराष्ट्रिय फोरम जापान निवर्तमान अध्यक्ष गंगा डंगोलले संचालन गर्नुभएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष माधव नारायण मानन्धर, वर्तमान कार्यसमितिका महासचिव शिव तण्डुकार, नेपाल चेम्वर्सअफ कमर्सका अवैतानिक जापान प्रनितिधि बलराम श्रेष्ठ लगायतले नेपालका उच्चपदस्त अधिकारीहरुको विदेश भ्रमण बढेपनि नेपालको विकास र परिवर्तनका केही भिन्नता पाउन नसकिएको गुनासो पोखेका थिए।

गुनासाेस‌गै वक्ताहरुले नेपालकाे विकास तथा व्यवस्था सुधारका लागि प्रवासी नेपालीहरुका तर्फबाट धेरैभन्दा धेरै सहयाेग गर्ने उदघाेष गरेका थिए। कार्यक्रम संस्थाका अध्यक्ष दीपरत्न शाक्यको सभापतित्वमा भएको थियो।
नेपाल जापान डटकम बाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com